पुरानो कुरा विर्सिएर नयाँ जोश र योजनाले अगाडी बढ्नुपर्छ'-अब्दुल्लाह अल्मुताइरी

  • कार्तिक १४, २०७८
  • ५४४ पटक पढिएको
  • आशिक हुसैन शेख
alt

सिरहा टाइम डेस्क-

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नयाँ जोश र नयाँ योजनाका साथ नेपाल आएको बताएका छन ।

 

साफ च्याम्पियनसिपपछि सोझै स्वदेश फर्किएका अल्मुताइरी कतार फुटबल संघ र अखिल नेपाल फुटबल संघ एन्फाको पहलमा दोस्रो पटक मुख्य प्रशिक्षकका रुपमा नेपाल आएका हुन ।

 

उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यो पटक पुरानो कुरा विर्सिएर नयाँ तरिकाले काम गर्न नेपाल आएको र अब नयाँ ढंगले अगाडी बढ्नुपर्ने बताए । जसका लागि सबैको साथ चाहिने र सबै मिलेर काम गर्नुपर्ने बताए । 

 

अब्दुल्लाहले आफ्नो सम्झौता पाँच बर्षको भएपनि अहिलेका लागि तीन बर्षको सम्झौता गर्ने र सबै कुरा राम्रोसँग अगाडी बढेमा थप दुई बर्ष स्वतः बढ्ने बताए । यसका साथै उनले नेपाली फुटबल टिमलाई अझ राम्रो बनाउनका लागि योजनाबद्ध तरिकाले अगाडी बढ्ने बताए । 

उनले आफु आफ्नो घर फर्किएको र अरु देशले आफुलाई मोटो रकमको अफर गरेपनि कतार एफए र एन्फाले राम्रो पहल गर्दा फेरी नेपाल नै फर्किएको बताए । उनले पैशा भन्दापनि राम्रो काम हुन आवश्यक रहेको बताए । 

 

यसका साथै उनले अहिलेबाट नै नेपाली समर्थकले एशियन कपमा छनोट हुनुपर्छ भनेर दबाव दिन सुरु गरेकोमा त्यो नगर्न आग्रह गरे । 

 

साथै उनले आसन्न ए डिभिजन लिगमा विमलले राम्रो खेलेको हेर्न चोहेको बताए । उनले विमल नेपाली फुटबलको भविष्य रहेको र उनको खेल नजिकबाट हेर्ने बताए । उनी पुर्ण रुपमा फिट भएर खेलेको हेर्न चाहेको बताए । 

प्रतिक्रिया दिनुहोस

सुरुङ्गामा ३ दिने नि ...

रहमुल,लहान १ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगम ...

जसपा नेपाल सिरहा क्ष ...

ओम प्रकाश यादव लहान पुस ०१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. १ ...

लहान रा.उ.अस्पताल जग ...

लहान मंसिर २९ । लहानस्थित रामकुमार मुरारका–उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा अस्पता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१