Siraha Times
ताजा समाचार

पुरानो कुरा विर्सिएर नयाँ जोश र योजनाले अगाडी बढ्नुपर्छ'-अब्दुल्लाह अल्मुताइरी

  • कार्तिक १४, २०७८
  • ६५५ पटक पढिएको
  • आशिक हुसैन शेख
alt

सिरहा टाइम डेस्क-

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नयाँ जोश र नयाँ योजनाका साथ नेपाल आएको बताएका छन ।

 

साफ च्याम्पियनसिपपछि सोझै स्वदेश फर्किएका अल्मुताइरी कतार फुटबल संघ र अखिल नेपाल फुटबल संघ एन्फाको पहलमा दोस्रो पटक मुख्य प्रशिक्षकका रुपमा नेपाल आएका हुन ।

 

उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यो पटक पुरानो कुरा विर्सिएर नयाँ तरिकाले काम गर्न नेपाल आएको र अब नयाँ ढंगले अगाडी बढ्नुपर्ने बताए । जसका लागि सबैको साथ चाहिने र सबै मिलेर काम गर्नुपर्ने बताए । 

 

अब्दुल्लाहले आफ्नो सम्झौता पाँच बर्षको भएपनि अहिलेका लागि तीन बर्षको सम्झौता गर्ने र सबै कुरा राम्रोसँग अगाडी बढेमा थप दुई बर्ष स्वतः बढ्ने बताए । यसका साथै उनले नेपाली फुटबल टिमलाई अझ राम्रो बनाउनका लागि योजनाबद्ध तरिकाले अगाडी बढ्ने बताए । 

उनले आफु आफ्नो घर फर्किएको र अरु देशले आफुलाई मोटो रकमको अफर गरेपनि कतार एफए र एन्फाले राम्रो पहल गर्दा फेरी नेपाल नै फर्किएको बताए । उनले पैशा भन्दापनि राम्रो काम हुन आवश्यक रहेको बताए । 

 

यसका साथै उनले अहिलेबाट नै नेपाली समर्थकले एशियन कपमा छनोट हुनुपर्छ भनेर दबाव दिन सुरु गरेकोमा त्यो नगर्न आग्रह गरे । 

 

साथै उनले आसन्न ए डिभिजन लिगमा विमलले राम्रो खेलेको हेर्न चोहेको बताए । उनले विमल नेपाली फुटबलको भविष्य रहेको र उनको खेल नजिकबाट हेर्ने बताए । उनी पुर्ण रुपमा फिट भएर खेलेको हेर्न चाहेको बताए । 

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१