Siraha Times
ताजा समाचार

५७ औं अन्तराष्ट्रिय स्थापना दिवसको अवसरमा विश्व हिन्दु परिषद नेपाल द्धारा वीरगन्ज भव्य शोभायात्रा

  • भदौ १४, २०७८
  • ६५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा १४ भदौ विश्व हिन्दु परिषदको ५७ औं अन्तराष्ट्रिय स्थापना दिवसको अवसरमा श्री कृष्ण जन्माष्टमी धुमधामका साथ वीरगन्जमा मनाएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा विश्व हिन्दु परिषद पर्साले वीरगन्जमा भव्य रुपमा भगवान श्रीकृष्णको शोभायात्राको निकालेको हो । वीरगन्ज ८ गहवाबाट निकालिएको शोभायात्रा रेल्वे रोड हुदै विर्ता, अलखियामठ, आर्दशनगर, घडिअर्वा, माईस्थान, घण्टाघर हुदै पुन गहवाको श्रीकृष्ण मन्दिरमा परिणत भएको थियो । शोभायात्रामा सहभागिहरुले भगवान श्री कृष्ण जय जयकारको नारा तथा जय श्री राम, हर हर महादेव लगायत धार्मिक नारा लगाउँदै उत्साहपूर्वक यात्रा सम्पन्न गरेका थिए ।

शोभायात्रा सम्पन्न पश्चात श्रीकृष्ण मन्दिरमा आयोजित एक सभालाई सम्बोधन गर्दै विश्व हिन्दु परिषदका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले वीरगन्जबाट निकालिएको शोभायात्रा हिन्दु धर्मावलम्बीहरुको लागि ऐतिहासिक र गर्भको कुरा भएको बताउँनु भयो । हिन्दु विभिन्न जातजातिमा बाटिएपनि हामी एकआपसको सहोदर दाजु भाई नै हौ, उनले भने, ‘ विश्व हिन्दु परिषदको दृष्टीमा कुनैपनि समुदाय सानो ठूलो छैन सब सम्मान रुपमा रहेको हुनाले आफनो धर्म संस्कृति जोगाउँन सम्पूर्ण हिन्दु समाज एकजुट हुनुपर्छ । ’ बैद्धिक सनातन धर्म यस्तो धर्म होे, जहाँ हामी आमालाई पुजा गर्छौ, ‘ नेपाल एउटा यस्तो पवित्र भुमि हो जहाँ हामी कन्यालाई पुजा गछौ महासचिव सिंहले भने, विश्वको ऐतिहासिक चिनारी पनि हो यसको संमरक्षण गर्न हाम्रो कर्तव्य रहेको हुनाले सम्पूर्ण हिन्दु समाज एकजुट भएर सनातन धर्मको रक्षा गर्नुपर्छ । ’

वडा नम्बर ८ का वडा समिति अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा निकालिएको शोभायात्रामा विश्व हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष ओम प्रकाश साह, जिल्ला सचिव कृष्ण मोहन सहाय, वीरगन्ज महानगर अध्यक्ष बृजेश मल्लिक, जिल्ला सदस्य मोहन पटेल, अजय सिंह लगायतको स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो । परिषदको कार्यालय एक कार्यक्रम विच आजै उद्घाटन गरिएको छ । वीरगन्ज गहवा स्थित भिमसेन मन्दिर अगाडी रहेको परिषदको कार्यालय विश्व हिन्दु परिषद नेपालका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले विधिवत रुपमा पुजापाठ गरी उदघाट्न गरेका हुन । कार्यक्रममा हिन्दु स्वयंसेवक संघका राष्ट्रिय प्रचारक बेद प्रकाश जी, संघका जनकपुर सम्भाहक रन्जीत साह, परिषदका युवा कार्यकर्ता अमन साह, सागर सर्राफ, राज सोनी लगायतको युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

४९ वर्षपछि भोरलेन वि ...

 विनोद अविरल, जेठ १७ ,​सिराहा, धनगढीमाई । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १३ स्थित आ ...

शिशुवारी क्याम्पसलाई ...

लहान, जेठ १७ । सप्तरीको सुरुङ्गा नगरपालिका–१ स्थित शिशुवारी क्याम्पसलाई व्यवसायी तथा समाजसेवी ...

चिनियाँ कम्पनीले बढा ...

विनोद अविरल,​लहान, जेठ १७ गते । पटक–पटकको ताकेदा, दबाब र स्थानीय बासिन्दाको निरन्तर आन्दोलनपछि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१