Siraha Times
ताजा समाचार

द भ्वाइस अफ नेपाल ३’को उपाधि किरण गजमेरलाई

  • साउन २४, २०७८
  • १२३० पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी सो भ्वाइस अफ नेपाल सिजन थ्रीको विजेता किरण गजमेर बनेका छन्। शनिबार राति भएको फाइनलमा अन्य ३ प्रतिस्पर्धीलाई पछाडि पार्दै किरणले यो उपाधि उचालेका हुन् । उनीसँगै यो उपाधिका दाबेदार तारा श्रीष मगर, ज्वाला राई र आर्यन तामाङ रहेका थिए। यो उपाधिसँगै किरणले २५ लाख रुपैयाँ पनि जितेका छन् ।

यो कार्यक्रममा उनी गायक प्रमोद खरेलको टिममा थिए। खरेलको टिमबाट उपाधि जित्ने किरण दोस्रो गायक हुन्। यसअघि भ्वाइस अफ नेपालको पहिलो सिजनको उपाधि प्रमोदकै टिमका सिडी विजय अधिकारीले जितेका थिए। दोस्रो सिजनको उपाधि राम लिम्बुले जितेका थिए।

किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिए। यो रियालिटी शो हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१