Siraha Times
ताजा समाचार

फिलिपिन्समा ८५ जना सवार हवाईजहाज भयनाक दुर्घटनामा, उद्धारको प्रयास जारी

  • असार २०, २०७८
  • ४११५ पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी : फिलिपिन्समा ८५ जना सवार एक विमान दुर्घटनाग्रस्त भएको छ ।

दक्षिणी फिलिपिन्समा उक्त सैन्य विमान दुर्घटना भएको हो ।आइतबार दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटनामा परेको त्यहाँका सेना प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई जानकारी दिए।जोलो टापुमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त बनेको बताइएको छ। जलिरहेको विमानबाट हालसम्म १५ को उद्धार गरिएको छ।

हाल उद्धार कार्य जारी छ। सेना प्रमुख सोबेजानाले भनेका छन्,‘उद्धारकर्मीहरु घटनास्थलमा पुगिसकेका छन्।धेरै मानिसको ज्यान बचाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ।’फिलिपिन्सको दक्षिणी क्षेत्रमा कयौं चरमपन्थी गुटको अड्डा छ। सोही कारण त्यहाँ धेरै सेनाहरु तैनाथ गर्दै आइएको छ।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१