Siraha Times
ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकाको वडा अध्यक्ष यादवद्धारा भारतीय नागरिकलाई सार्वजनिक जग्गा बिक्री, सरोकारवाला मौन

वडा अध्यक्ष यादवद्धारा भारतीय नागरिकलाई संरक्षण सार्वजनिक जग्गा बिक्री,सरोकारवाला मौन

  • असार १७, २०७८
  • १६४३ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह सिरहा लहान  - सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष राम औतार यादवले एक भारतीय नागरिकलाई सार्बजनिक जग्गा बेचेको आरोप लागेको छ ।

तामासुईया गाउँमा रहेको सार्बजनिक पोखरीमा माटो भरी भारतीय नागरिकको लागी घर निर्माण गर्न लागेको खुलेको छ ।सोही गाउँमा घर भएका स्थानिय पत्रकार जयनाथ यादवका अनुसार ठुलो मात्रामा रकम चलखेल गरी बिदेशी नागरिकलाई सार्बजनिक जग्गा दिईएको हो । पत्रकार यादवले भने– ‘वडा अध्यक्ष यादव न कुनै भेला डाकी भारतीय नागरीक ईद मोहम्मदलाई उक्त गाउँकोबासी बनाउन खोजिएको छ ।,

उनको बिगत के कस्तो रहेको बुझदै नबुझी गैर कानुनी हिसाबले राजनैतिक स्वार्थपुर्तीको लागी बसाउन खोजिएको हो । उक्त बिषयमा सोधखोज गर्न स्थानिय पत्रकार यादव वडा कार्यालय पुगेपछी जनप्रतिनिधिले कुनैकिसिमको प्रतिक्रिया दिन चाहेन्न् उल्टै पत्रकार यादवमाथी दुव्र्यबहार गरेका थिए । मेरो कार्यकाल हो,अहिले म सत्तामा छु,मैले गरेको कुरा हुन्छ , तिम्रो जस्तो केटाले मलाई के गर्छ भनेर पत्रकार यादवलाई अध्यक्ष यादवले धम्की दिएको पिडित पत्रकारले बताए ।

वडा अध्यक्षद्धारा दिईएको जग्गा श्री जनता आधारभुत बिधालय तामासुईयाको हो।उक्त बिधालयको जम्मा ७ वटा पोखरी रहेको छ।बिधालयको आम्दानीको श्रोत रुपमा रहेको पोखरी मास्दा स्थानिय चिन्तित बन्न पुगेका छन् । यता दर्जनौ रैथाने मधेशी भुमिहिन भएको बेला जनप्रतिनिधिले आर्थिक प्रलोभनमा परी बिदेशी नागरिकलाई बसाउन खोज्नु कतिको न्याय संगत हो ? चिन्तनको बिषय हो ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१