सिरहाको नवराजपुर गाउँपालिकाको वडा अध्यक्ष यादवद्धारा भारतीय नागरिकलाई सार्वजनिक जग्गा बिक्री, सरोकारवाला मौन

वडा अध्यक्ष यादवद्धारा भारतीय नागरिकलाई संरक्षण सार्वजनिक जग्गा बिक्री,सरोकारवाला मौन

  • असार १७, २०७८
  • १४८९ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह सिरहा लहान  - सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष राम औतार यादवले एक भारतीय नागरिकलाई सार्बजनिक जग्गा बेचेको आरोप लागेको छ ।

तामासुईया गाउँमा रहेको सार्बजनिक पोखरीमा माटो भरी भारतीय नागरिकको लागी घर निर्माण गर्न लागेको खुलेको छ ।सोही गाउँमा घर भएका स्थानिय पत्रकार जयनाथ यादवका अनुसार ठुलो मात्रामा रकम चलखेल गरी बिदेशी नागरिकलाई सार्बजनिक जग्गा दिईएको हो । पत्रकार यादवले भने– ‘वडा अध्यक्ष यादव न कुनै भेला डाकी भारतीय नागरीक ईद मोहम्मदलाई उक्त गाउँकोबासी बनाउन खोजिएको छ ।,

उनको बिगत के कस्तो रहेको बुझदै नबुझी गैर कानुनी हिसाबले राजनैतिक स्वार्थपुर्तीको लागी बसाउन खोजिएको हो । उक्त बिषयमा सोधखोज गर्न स्थानिय पत्रकार यादव वडा कार्यालय पुगेपछी जनप्रतिनिधिले कुनैकिसिमको प्रतिक्रिया दिन चाहेन्न् उल्टै पत्रकार यादवमाथी दुव्र्यबहार गरेका थिए । मेरो कार्यकाल हो,अहिले म सत्तामा छु,मैले गरेको कुरा हुन्छ , तिम्रो जस्तो केटाले मलाई के गर्छ भनेर पत्रकार यादवलाई अध्यक्ष यादवले धम्की दिएको पिडित पत्रकारले बताए ।

वडा अध्यक्षद्धारा दिईएको जग्गा श्री जनता आधारभुत बिधालय तामासुईयाको हो।उक्त बिधालयको जम्मा ७ वटा पोखरी रहेको छ।बिधालयको आम्दानीको श्रोत रुपमा रहेको पोखरी मास्दा स्थानिय चिन्तित बन्न पुगेका छन् । यता दर्जनौ रैथाने मधेशी भुमिहिन भएको बेला जनप्रतिनिधिले आर्थिक प्रलोभनमा परी बिदेशी नागरिकलाई बसाउन खोज्नु कतिको न्याय संगत हो ? चिन्तनको बिषय हो ।

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१