Siraha Times
ताजा समाचार

नरहा गाउँपालिका आ.व.२०७८/७९ को ३०करोड ३लाख८६हजार८सय५६ अनुमानित बजेट प्रस्तुत

नरहा गाउँपालिकाको आ.व.२०७८/७९को नीति तथा कार्यक्रम प्रस्तुत सँगै पाँचौ गाउँसभा सम्पन्न

  • असार १७, २०७८
  • १२३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिरहा|लहान१६बुधबार आज सिराहाको नरहा गाउँपालिकाको कार्यालयले पाँचौ गाउँ सभा २०७८ सम्पन्न गरेको छ। उक्त गाउँसभा नरहा गाउँपालिकाको आयोजनामा बर्छावा हेल्थ पोस्टमा राखिएको थियोे । यो सँगै सभाका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अशेश्वर यादव रहेका थियोे भने विशिष्ट अतिथि गुलाब चौधरी , प्रमुख प्रशासकीय अधिकृत सुजित यादवले गरेका थिए। आजको पाँचौ गाउँसभाबाट आर्थिक वर्ष २०७८/७९ को लागि कुल वार्षिक वजेट ३० करोड ३ लाख ८६ हजार ८ सय ५६ अनुमान गरिएको छ। साथै नेपाल सरकारबाट स्थानीय तहलाई वित्तीय समानीकरण ९ करोड ७३लाख र समेत अनुदान १२ करोड ७३ लाख रहेको साथै नेपाल सरकारको स्थानीय तहलाई समपुरक अनुदान चालु ८० लाख रहनेछ।

Open Photo

राजस्व बाडफाड अनुदान ५ करोड ५१ लाख ६५ हजार अनुमानि गरिएको छ। प्रदेश सरकारबाट ५६ लाख ९७ हजार प्रदेश सरकारबाट सवारी साधन कर बाँडफाँड अनुमानित १९ लाख २४ हजार ८सय ५६ । साथै प्रदेश सरकारबाट विशेष अनुदान ३० करोड र समपुरक अनुदान २० करोड गरी कुल ५० करोड समाबेश गरिएको हो । यो सँगै वडा नम्बर ५ का वडा अध्यक्ष हुकुम देव यादवका अनुसार पालिकाले राम्रो भन्दा राम्रो जोड दिइएको छ।जनताको ईच्छा र चाहना अनुकूल विकास गरेको हो । यो स्थानीय सरकार ५ वर्षको अवधिबाट ४ वर्ष पार पाँच वर्षमा प्रवेश गरिएको हो । यस पालिकामा जनतालाई कर्मचारी व्यतिथि नहुनेमा ढुक्क रहन आग्रह गरेका छन।

Open Photo

आजको नीति तथा कार्यक्रममा शिक्षा , स्वास्थ्य , खानेपानी , यातायात ,सडक प्रमुख ऐजेन्डामा रहेको प्रमुख प्रशासकीय अधिकृत सुजित यादवले जिकिर गरेका थिए। गाउँपालिकाले वातावरण एवंम शान्तिपूर्ण मैत्री रहेको साथै पालिका भित्र ढलान , सडक , विधुतीकरण लगायतका कामकाज विश्वास दिलाएको बारे बोलेका थए। ऐतिहासिक एवंम पौरात्तविक सम्पदाको विकास गर्ने पुराना बजारलाई क्रमशः विकास गरिदै जाने भनेका थिए। सामाजिक क्षेत्रमा विकासको लहर जोड दिदै विकृति र विसंगतिलाई हटाउनेमा विश्वास गर्न भनेका थिए।

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१