Siraha Times
ताजा समाचार

किसानको आत्मामाथि डोजर चलाउँदै ; स्थानीय तहका महामहिमहरु

  • जेठ २७, २०७८
  • १४६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिराहा,लहान,जेठ २७ बिहीबार। विकासको नाममा किसानलाई कुनै सरसल्लाह बिना गएको बुधबार राती सिरहाको नवराजपुर गाउँपालिकाको प्रमुखद्वारा धान खेतलाई धान नरोप्ने बनाईदिएको छ । डोजरबाट खेतलाई तहसनहस बनाइ दिइएको छ। सिरहा जिल्ला भरिका स्थानीय तहहरुमा अहिले असाढे विकासको लहरै लहर देखिएको छ। जनता हित बिपरित पनि कामकाज गरेको देखन पाइन्छ । यस्तो घटनाहरु विकास प्रेमी नेताहरूद्वरा असाढेको समयमा प्रष्ट देखिन सकिन्छ । नकुनै मुआब्जा कसैको खेत हर्पेर विकास गर्नु , जनताको यो हितकर नरहेको देखिन्छ । कसैको जग्गा हर्पेर र कुनै सहमति विना विकास गर्नु यस्तो जनप्रतिनिधिलाई भ्रष्ट भनेर सम्बोधन गर्ने देखिन्छ ।

No description available.

विकासका लागि एक जुट हुनुपर्ने देखिन्छ । विकासको नाममा विभिन्न किसिमका नारा लिएर अगाडि बढनु पर्छ। विकास जहिले पनि सकारात्मक अर्थात दिगो विकास हुनुपर्छ । विकासका नाममा जनतालाई चित र कुनै किसिमको दिल मन दुखाउँन हुदैन्न। शिक्षा , स्वास्थ्य , सडक , कालोबजारी , आवासमा जोड दिने स्थानीय सरकार विकासमा चेन्ज ल्याउनु पर्ने समय देखिन्छ । स्थानीय सरकार र प्रदेश सरकार भन्दा केन्द्र सरकार नै उचित रहेको देखिन सकिन्छ । विना कामको स्थानीय सरकार र प्रदेश सरकार रहेको चौतर्फी चर्चामा आएको छ। त्यसैले स्थानीय सरकार र प्रदेश सरकारको बहिष्कार गरौँ । अहिले विना कामको करोडौंको रकम हिनामिना गर्ने एउटा साधारण वडा अध्यक्ष , अहिले भ्रष्टाचारी कहलयाउँछ ।

No description available.

त्यसैले विकासमा जनप्रतिनिधि होइन ; प्राण मुखी बनाउनु पर्नेमा जोड दिनु पर्छ। लालपुर्जा भएको किसानसँग अनुमति बिना खेतको दसा बिगारेर किसानलाई समस्या बनाईदिएको देखिन्छ । नेपाल कृषि प्रधान देश हो , सबै लाई थाहा छ तर जताबाट जुन तरीकाले भएपनि मार मा पर्ने किसान नै हो । नवराजपुर गाउँपालिका प्रमुख विश्व मोहन यादवलाई पालिका बासीका प्रश्न गर्नु भएको छ।

- लालपुर्जा भएको किसानसँग अनुमति लिनुपर्छ। कि पर्दैन नेपाल को कानुनमा मात्रै होईन बिश्वको हरेक देशमा ब्यक्तिगत जग्गाबाट केही खन्न , उत्खन्न देखि बिकासको काम गर्दा जग्गाधनी बाट अनुमति लिनुपर्ने देखिन्छ ।

- नवराजपुर गॉउपाललिकामा दिउँसो बिकासको काम नगरी रात्री गर्नुको कारण के होला?

No description available.

नवराजपुर गॉउपाललिकाको रोड सडक कहिलेदेखि धेरै ब्यस्त हुन थालेर गाँउपालिका प्रमुखलाई रात्री बिकास गर्नुपरेछ ? जनताले दिइएको मतबाट जिताइएको प्रतिनिधिहरु बिकासको लागी हो , बिनासको लागि होईन । बिना सहमति काम गर्नुपनि बिनास नै हो । गाँउपालिका अधक्ष्यको काम कर्तव्य हो कि , किसानलाई राहत दिनु हो , के तपाईंले यस्तै किसिमको राहत दिनु हुन्छ किसानलाई ? बिगत १० महिनादेखिको अवधिमा पालिका प्रमुख ३१ करोड बजेट थियो ।

No description available.

तपाईले के के गर्नु भो किसानको लागि ? हामी किसानको छोरा हो , यस्तो किसिमको अपराध देखेर हामी किन चुप बस्ने ? यस्ता किसिमको अपराध गर्ने व्यक्तिलाई के गर्नुपर्छ नै भन्नु होला ? तपाईंको खेतमा यस्ता किसिमले डोजर चलाउँछ भने तपाईलाई कस्तो लाग्छ ? अषाढ महिनामा किसानले यस्तो खेतमा धान कसरी रोप्छ भन्ने चिन्ता देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस

खुल्ला दिसाबाट फैलिन ...

ओम प्रकाश यादव लहान, साउन ६। वर्षायाम सुरु भएसँगै विभिन्न स्थानमा अझै पनि खुल्ला दिसा गर्ने प्रवृत्त ...

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१