२–२ वर्षमा विश्वकप गर्ने प्रस्ताव

  • जेठ ९, २०७८
  • १२२१ पटक पढिएको
  • रामएकवाल राम
alt

लाउसाने - अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०२४ पछि आफ्नो कार्यक्रममा ठूलो परिवर्तन गर्ने प्रस्ताव अगाडि सारेको छ । त्यसमा विश्वकप प्रत्येक २–२ वर्षमा गर्ने योजना रहेको छ । खेलाडीलाई बढी भार पर्ने र प्रतियोगिताको महत्त्व घट्ने डरबीच फिफाको यो प्रस्ताव अगाडि आएको हो ।

फिफाको ७१ औं कंग्रेसले पुरुष र महिला दुवैको विश्वकप २–२ वर्षमा गर्ने प्रस्तावलाई बहुमतले अगाडि बढाउने निर्णय गरेको हो । फिफाले यसबारे कुनै निश्चित समयसीमा भने तोकेको छैन । तर विश्वकप फिफाका लागि आम्दानीको सबैभन्दा प्रमुख स्रोत हो ।

सन् १९३० देखि पुरुष र सन् १९९१ देखि महिलाको विश्वकप प्रत्येक ४–४ वर्षमा आयोजना हुँदै आएको छ । फिफाको फुटबल विकास प्रमुख आर्सन वेंगरले पछिल्लो मार्चमा विश्वकपसँगै युरोपेली च्याम्पियनसिप र अन्य प्रमुख ठूला प्रतियोगिता २–२ वर्षमा आयोजना गर्नुपर्ने सुझाव दिएका थिए । युरोपेली लिगका आयोजकले यसअघि नै यसलाई अव्यावहारिक प्रस्ताव भनिसकेको छ । युरोपमा ३७ लिगको आयोजना हुने गर्छ । तर फिफाले वेंगरको प्रस्तावलाई गत साता प्रतिवेदनका रूपमा प्रकाशित गरेको थियो । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२४ को विश्व फुटबल संरचनामा परिवर्तन गर्नेबारे आफू खुला मनस्थितिमा रहेको बताएका थिए । उनले वेंगरको प्रस्तावलाई निकै आकर्षक रहेको बताएका थिए ।

प्रत्येक २–२ वर्षमा हुने विश्वकप प्रत्यक्ष प्रशारणकर्ताका लागि आकर्षक रहनेछ । तर संघ, लिग र क्लबले खेलाडीमाथि अझ चर्को भार पर्ने भनेर आलोचना गरेका छन् । म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले यसैक्रममा प्रतिक्रिया दिँदै भनेका थिए, ‘फिफा र यूईएफएलाई हामीले अझ प्रत्येक वर्ष चार सय दिन हुनुपर्छ भनेर माग गर्नुपर्छ ।’ प्रत्येक दुई वर्षमा विश्वकप भयो भने त्यसले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको अवधारणा समाप्त पार्नेछ ।

यस्तै यसले छनोटका खेललाई बढाउने छ भने प्रत्येक वर्ष अन्तर्राष्ट्रिय खेलका लागि बढी विश्राम पनि चाहिनेछ । यसले घरेलु लिगको लोकप्रियतामा पनि बाधा पुग्ने डर रहेको छ । सन् २०२४ पछि यूईएफएले च्याम्पियन्स लिगको ढाँचा पनि परिवर्तन गर्दै छ । त्यसअनुसार थप सय खेल बढी हुनेछन् । यसले क्लबमाथि आफ्ना खेलाडी चोटग्रस्त हुने डर बढी हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

मधेश प्रदेश सरकारमा ...

जनकपुरधाम, १४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रवक्ता डा.आभास लाभले राज्यसत्ताको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१