सिरहाको पर्सा टोलमा भएको आगलागीले लाखौको धनमाल नष्ट

  • वैशाख ११, २०७८
  • १२०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ११ , बैशाख । सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर - २ पर्सा टोलमा शुक्रवार साझ करिब ५ बजे भएको आगलागीले लाखौको क्षति भएको छ । स्थानीय रविन्द्र साहको घरबाट आचानक सल्केको आगोले एकै दाजुभाईका ८ घर - परिवारको धनमाल पुर्णरुपमा जलेर नष्ट भएको छ ।

No description available.

आगलागीले कुनै प्रकारको मानवीय क्षति नभएपनी भैतिक रुपमा पिडित घरमुलिहरुको घर - घरमा रहेको अन्नपात , कपडालत्ता , भाडाकुडा , गरगहना , नगद , लगायतका सरसमानहरु पुर्ण रूपमा जलेर नष्ट भएको स्थानीय हरेराम साफिले बताए । क्रमशः सचिन्द्र साहको ( ६ लाख ) , बिरेन्द्र साहको ५० हजार नगद सहित जम्मा (१० लाख ) , आनन्द साहको ३ लाख नगद सहित जम्मा ( १० लाख) , लाले साहको ( ६ लाख) , धिरेन्द्र साहको १ लाख ५० हजार नगद सहित जम्मा (५ लाख ) , लछुराम साहको ( ४ लाख ) , रविन्द्र साहको (४ लाख) , रामलोचन साहको राईसमिल , नगद रु ४ लाख सहित जम्मा (१५ लाख ) बराबरको धनमाल सहित करिब ६० लाखको क्षति भएको पीडित परिवारले जनाएको छ ।

No description available.

घरमा कोई नभएको बेला आचानक आगलागी भएको वडा नम्बर- २ का वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले बताए । लहानबाट आएको बारुण यन्त्रले १ घण्टा पछि आगो नियन्त्रणमा लिएको थियोे । आगलागीको कारण पीडित परिवार बिचल्लीमा परेपछि तत्कालै गाउँपालिका बाट राहत स्वरुप प्रती परिवार २५ केजि चामल ,२ केजि दाल , २ किलो नुन , १ लिटर खानेतेल , आधी किलो स्वाविन , २ वटा सावुन , १ वटा त्रिपाल पीडित परिवारलाई वितरण गरेको गाउँपालिकाका लेखापाल नरेश कामतीले जनाएको छ । वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले आफ्नो ब्यक्तिगत तर्फबाट पीडित परिवारलाई नगद एक हजार को दरले जम्मा रु आठ हजार राहत स्वरुप सहयोग गर्नुभएको थियो । पीडित परिवारलाई राहत दिन सहयोगी मनहरुको खाचो रहेको वडा अध्यक्ष दनुवारले आग्रह गर्नुभएको छ । बिचल्लीमा परेको परिवारलाई सेवा गर्नु भन्दा ठूलो धर्म अरु कुनै नभएकोले सरोकारवाला लाई तत्काल सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । आगलागी भएको स्थलगत स्थानमा आज भएको राहत वितरण कार्यक्रममा पालिकाका कर्मचारी धनिकलाल यादव लगायत स्थानीय बुद्धिजीवी , राजनैतिक दलका प्रतिनिधि , पत्रकार लगायतको सहभागीता रहेको थियो ।

No description available.

No description available.

No description available.

 

 

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषधसहित ...

ओम प्रकाश यादव लहान चैत २५। सिरहा जिल्लामा लागुऔषध कारोबारमा संलग्न एक सक्रिय गिरोहविरुद्ध विशे ...

यातायातका नयाँ प्रमु ...

रंजित चौरसिया,वीरगंज २५ चैत्र। यातायात व्यवस्था कार्यालय वीरगंजमा रहेका करारका ड्राईभर शम्भु गुरुङ्ग ...

बलिदान, प्रतिबद्धता ...

सिरहाटाइम्स लहान २५ चैत । राष्ट्र, समाज र विशेषगरी मधेशको हक, अधिकार र अस्मिताका लागि निरन्तर संघर्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१