Siraha Times
ताजा समाचार

लहानमा विधिवत रुपले रामनवमी चैते दशैं सम्पन्न

  • वैशाख १०, २०७८
  • १०३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार , लहान , १० बैशाख , शुक्रबार। सिरहाको लहान नगरपालिका वडा न. ४ मा गत चैत्र ३१ गतेदेखि बैशाख ९ गतेसम्म रामनवमी मेलाको आयोजना भएको थियोे । हिजो ९ गते बिहीबार विधिवत रुपले रामनवमी चैते दशैँ सम्पन्न भएको छ। मेला आकर्षणबा लागि ख्याति प्राप्त पहलमानहरुद्वारा दंगल कुस्ती राखिएको थियोे , झुला आदि मेलामा आयोजित थियोे । आउने दिनमा थप विशेष कार्यक्रमका साथ मेला लगाउने लहान नगरपालिका वडा न. ४ का वडा अध्यक्ष रामनाथ पण्डितले बताए । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्र श्री रामको जन्म भएको रामनवमीको रुपमा मनाउने गरिन्छ ।

No description available.

त्यस अवसरमा प्रत्येक वर्ष लहान नगरपालिका वडा न. ४ मा मेलाको आयोजना हुन्छ । चैत्र नौवमी मेला , नवदुर्गा भवानी अर्थात रामनवमी चैते दशैँ मेलाको अवसरमा लहान नगरपालिका वड न. ४का वडाध्यक्ष रामनाथ पण्डितले २०७८ सालको सम्पूर्ण देश तथा विदेश बासीहरुमा शुख शान्ति , समृद्धि , धनधान्यको उतोरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ। चैते दशैको लहानको खुट्टी खोलाको पुर्व पट्टी छेउमा मेला आयोजित थियोे । मेलामा सहभागिता हुन मास्क लगाई मेलामा प्रवेश गर्न सम्पूर्णमा नेता पण्डितले आग्रह गर्नु भएको थियोे ।

 

प्रतिक्रिया दिनुहोस

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

रामपुर चौकमा प्रहरी ...

ओम प्रकाश यादव लहान, असार २६ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ स्थित रामपुर चौकमा स्थानी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१