ताजा समाचार

त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र मलेसिया खेल्दै

  • वैशाख ९, २०७८
  • १२८५ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा बिहीवार (आज) समूह चरणको अन्तिम खेल हुँदैछ ।

समूह चरणको अन्तिम खेलमा दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसियासँग खेल्दै छ ।नेपाल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यसअघिको खेलमा मलेसियालाई नौ विकेटले हराएको नेपाल यो खेलमा पनि मलेसियालाई हराउने दाउमा छ भने मलेसिया यो खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा हुनेछ ।

बुधवार (हिजो) मलेसिया र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा सकिएसँगै नेपाल र नेदरल्याण्ड्स फाइनलमा पुगेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस

रामनगर साना किसान कृ ...

ओम प्रकाश यादव, सप्तरी, कार्तिक ८ । सप्तरीको बलान बिहुल गाउँपालिका–५, रामनगरस्थित रामनगर साना ...

लहान १५ मा ४० लाखको ...

ओम प्रकाश यादव, लहान कार्तिक ८ । सिरहाको लहान नगरपालिका वडा नं. १५ मा ४० लाख रुपैयाँको लागतमा निर्मा ...

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤