Siraha Times
ताजा समाचार

पदलाई भन्दा मुद्दालाई प्राथमिकता दिने त्यागी नेता महन्थ ठाकुर भन्छ ; चेक होइन,क्यास चाहियो : उधारोमा कुनै सहमति हुँदैन

  • वैशाख ५, २०७८
  • १६२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार-सिरहा- बैशाख ५ गते आइतबार। नेपालको राजनीति अहिले जनता समाजवादी पार्टी ( जसपा ) का अध्यक्ष महन्थ ठाकुरको वरिपरि धुम्न थालेको छ। उहाँले पदलाई भन्दा मुद्दालाई प्राथमिकता दिने त्यागी नेता महन्थ ठाकुर भन्छ; चेक होइन,क्यास चाहियो : उधारोमा कुनै सहमति हुँदैन । भनेको छ। कतिपयले ठाकुरलाई सम्भावित प्रधानमन्त्री कै रुपमा चर्चा गर्न थालेका छन।नजिकबाट नचिनेकाहरुले पनि सोध्न थालेका छन । आखिर को हुन महन्थ ठाकुर ? प्रतिनिधि सभाका ज्येष्ठ सदस्य , ७८ वर्षिय महन्थ ठाकुर जति शालिन र भद्र देखिन्छ , उनीभित्र त्यो नै क्रान्ति र विद्रोह पनि छ। महन्थ ठाकुरको जीवन सङ्घर्षको कथाले भरिएको छ। ७८ वर्षको उमेरमा पनि उनी सङ्घर्षको राजनीतिमा सक्रिय छन। महोत्तरीको पिपरा गाउँपालिका - स्थित एकरहियामा जन्मेका महन्थ ठाकुर नेपाली काङ्ग्रेस छाडेर ( तमलोपा ) को अध्यक्ष हुँदै मधेशको राजनीतिमा आएका हुन। ठाकुरको राजनीतिक पृष्ठभूमि नेपाली काङ्ग्रेस हो । नेपाली काङ्ग्रेसमा उनको यात्रा २०१६ मा विद्यार्थी राजनीतिबाट शुरु भएको हो । नेपाली काङ्ग्रेस कोषाध्यक्ष र विज्ञान तथा प्रविधि मन्त्री छाडेर २०६४ सालमा उनी मधेशको राजनीतिमा होमिएका हुन। ठाकुरको प्रारम्भिक शिक्षा गाउँमै भएको थियोे । भने उच्च शिक्षाका लागि जनकपुर आएपछि ठाकुरले राजनीतिमा चासो लिन थाले । जनकपुरमा उनी हरिहर विरही , महेन्द्र कुमार मिश्र , केशव कोइराला आदिसँगको सङ्गतमा परेर काङ्ग्रेसमा लागे। जनकपुरका पत्रकार राजेश्वर नेपालीका अनुसार २०२६ सालतिर ठाकुर काङ्ग्रेस निकट छात्र संघको सभापति भएका थिए। उनी नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य पनि हुन।महन्थ ठाकुर विद्यार्थी कालमा २०१७ साल पुस १ गतेमा राजेन्द्र महतोले गरेको `कु´ विरुद्ध आन्दोलन गर्ने क्रममा पक्राउ परे । त्यतिबेला उनीमाथि राजकाजको मुद्दा लागेको थियोे । जेलमा बसेर उनी स्नातकोत्तर अध्ययन गरे ।उनले कानुनमा स्नातक ( बीएल ) समेत अध्ययन गरेका छन। उच्च शिक्षा सकेपछि ठाकुरले जनकपुर क्याम्पसमा प्रध्यापक भएर काम गर्न थाले । प्रध्यापकको काम गर्दागर्दै उनी राजनीतिमा पनि सक्रिय थिए। विद्यार्थीहरुको गरेको आन्दोलनमा सहभागी भएपछि उनलाई प्रध्यापकबाट हटाइयो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१