मिर्चैयामा " दलित समुदायको अगुवाहरू प्रदेशस्तरीय सभा तथा सरोकारको सवालमा अन्तरक्रिया

  • चैत्र १३, २०७७
  • १९३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान / चैत्र १२ गते बिहीबार। आज सिरहाको मिर्चैया नगरपालिकामा रहेको होलिडे एण्ड पार्टी प्यालेसमा भुमि , नागरिकता , बजेट र दलित सशक्तीकरण कार्यान्वयनका सवालमा "दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय भेला कार्यक्रम भइरहेको छ। उक्त कार्यक्रम २०७७ चैत्र १२,१३ गते गरी २ दिन हुने भएको छ। कार्यक्रम दलित सरोकार मञ्च कञ्चनरुप- ८ सप्तरी द्वारा आयोजित रहेको खवर प्राप्त भएको छ।

No description available.

राष्ट्रिय दलित पत्रकार महासंघका उपाध्यक्ष भोला पासवानको अध्यक्षता कार्यक्रम गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि प्रदेश न. २ का सामाजिक विकास मन्त्री माननीय नवल किशोर साह रहनुभएको थियोे । विशिष्ट अतिथिमा प्रदेश न. २ का दलित विकास समितिका सदस्य एवंम ( ज.स.पा.) नेता श्याम सरदार रहनु भएको थियो ।

No description available.

त्यसैगरी प्रदेश सभा सदस्य दिलिप साह , सुनिता मोची , रवीन्द्र वैठा , दलित विकास समितिका सदस्य सुनिता मरिक , पुर्वमाननीय रामप्रित पासवान , चन्देश्वर सदा रहेको थियो । अतिथिहरुमा विजय प्रसाद मिश्र , अनिता कुमारी , बाल कुमारी , राजु पासवान , मणिलाल बिक , सरोज पासवान , रामो महरा , अनिता कुमारी खङ्ग लगायत सम्पूर्ण सहभागीहरु रहेको थियोे । कार्यक्रममा सैयौं जना दलित अगुवाहरुको सहभागिता रहेको थियोे ।

No description available.

कार्यक्रममा दलित विकास समितिका सदस्य श्याम सरदारले (३ क) को व्यख्या गर्नुभएको थियोे । पहिलो (क) कलम अर्थात दलितको कलमले नीति निर्माण गर्ने ठाउँमा पहुँच हुनुपर्ने । दोस्रो (क) कोष अर्थात मन्त्रालय राष्ट्रिय वाणिज्य बैंकमा पहुँच हुनुपर्ने , विकासको लागि अर्थ विनियोजन हुनुपर्ने । तेस्रो (क) कार्तुस अर्थात बन्दुक प्रशासनमा पहुँच भन्ने धारण राख्नुभएको थियोे । वहाँको अनुसार शिक्षा , स्वास्थ्य नि:शुल्क व्यवस्था लागु हुनुपर्छ । दलित समुदायमा रासन कार्डको व्यवस्था हुनुपर्ने । जनसंख्याको अधारमा आरक्षको व्यवस्था हुनुपर्ने भन्ने आफ्ना मन्तव्य सहितको धारणा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका माननीय नवल किशोर साहले श्याम सरदारको भनाइलाई सदर गर्दै यसको कार्यान्वयनका लागि प्रदेश २ सरकार लागि परेको र अवस्था अगाडि बढिरहेको मन्त्री साहले जिकिर गर्नुभएको छ। कार्यक्रममा भुमि , नागरिकता , बजेट र दलित सशक्तीकरण कार्यान्वयन हुनुपर्छ सहभागी वक्ताहरुको अभिव्यक्ति रहेको थियोे ।

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा अबको प्राथमिकता के ? , दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सामाजिक विकास मन्त्रालयको भुमिका , प्रदेश २ मा दलित उत्पीडनका विरुद्धको आन्दोलन र न्यायिक प्रक्रिया , जनगणनामा दलितको सवाल , भुमि सम्बन्धि समस्या समाधान आयोगको कार्यादेश : दलितको भुमि सुनिश्चितताको सम्भावना र चुनौती , दलित समुदायका जनप्रतिनिधिहरुको तीन वर्ष : कार्यअनुभव , चुनौती र आगामीको बाटो । साथै दलित सशक्तीकरण ऐन कार्यान्वयनका लागि विकास समितिको भुमिका , दलित विद्यार्थीका लागि डाक्टर , ईन्जिनियरमा छात्रवृत्ति नीति र अभ्यास अनतरविरोध , स्थानीय सरकारको नीति , कार्यक्रम र बजेटमा दलित जस्ता विषयहरुमा चर्चा परिचर्चा गरिएको छ।

No description available.

सिराहा , सप्तरी , महोत्तरी , धनुषा , बारा , पर्सा , रौतहट गरी आठै जिल्लाका दलित पत्रकारहरुको समेत सहभागिता देखिएको थियोे । अहिले अगुवा दलित कार्यकर्ताहरुको इमेल , इन्टरनेट अर्थात सोचेको चाहेको सपना पूरा हुन सकेको छैन । अहिले पनि दलितहरु छात्रवृत्ति नपाएको सहभागी दलितहरुको कथन रहेको थियोे । नेपालका करिब ३२ जिल्लाका मुसहर समुदायले न्याय नपाएको समस्या पोख्नु भएको छ। मुसहर जातीमा ट्यालेन्टी ल्याउनु पर्छ र अधि बढनु पर्छ लगायतका सहभागी रामजी रायको कथन रहेको थियोे । आउने भोलि चैत्र १३ गते प्रदेश न.२ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय विजय कुमार यादव द्वारा समापन समारोह हुने प्रदेश न.२ का दलित विकास समितिका सदस्य एवंम जनता समाजवादी पार्टीका नेता श्याम सरदारले बताए ।

 

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१