Siraha Times
ताजा समाचार

अपहरणमा परेका ७ वर्षीय बालकको उद्धार, १ करोड फिरौती माग्ने मामासहित तीन जना पक्राउ

  • फागुन ९, २०७७
  • ८६९ पटक पढिएको
  • रामएकवाल राम
alt

धनुषा - धनुषाबाट अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरिएको छ । शनिबार दिउँसो करिब १ बजेदेखि बेपत्ता भएका नगइराइन नगरपालिका– ६ स्थित जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन दासको सकुशल उद्धार गरिएको हो ।

शनिबार राति जनकपुरधाम उपमहानगरपालिका– ४ स्थित माछा बजारबाट बालकलाई उद्धार गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

अन्य बच्चाहरुसँगै घरबाट खेल्न निस्केको ३ घण्टापछि बालक फेला नपरेपछि खोजी सुरु भएको थियो । प्रहरीलाई शनिबार बेलुकी करिब ४ बजे बालक बेपत्ता भएको खबर आएको थियो । खबर आएको साढे तीन घण्टाभित्रै बालकलाई फेला पार्न सफल भएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

उनका अनुसार साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो । अपहरणमा संलग्न बालकका मामासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ परेका लक्ष्मेश्वर दासको नाम खुले पनि प्रहरीले अन्यको नाम खुलाएको छैन । आज दिउँसो घटनाबारे विस्तृत जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्न लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

प्रतिक्रिया दिनुहोस

बाढीपीडितका लागि एनआ ...

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकक ...

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१