Siraha Times
ताजा समाचार

बालविवाह न्यूनिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध छ ः राज्य मन्त्री मण्डल

  • माघ ६, २०७७
  • २४५६ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷ ६ गते माघ, दलित विकास मञ्च सिरहाद्धारा बालविवाह सम्बन्धि जिल्ला स्तरिय कार्यक्रम सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाको नेपाल रेडक्रस सोसाईटि शाखा कल्याणपुरको हलमा एक दिने अन्तरकृया कार्यक्रम सम्मपन्न भएको हो । बालविवाह जिन्दगी तबाह मूल नारा सहीत कार्यक्रममा जिल्ला स्तरका समाजिक संघ संस्था र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालविवाह न्यूनिकरण गर्न आ आफनो तर्फबाट लागेपछिमात्र बालविवाहमा रोकथाम सम्भव हुने कुरा बताउनु भएको हो ।
बालविवाह सम्बन्धि जिल्ला स्तरीय अन्तरकृया तथा एक दिने कार्यशाला कार्यक्रमको प्रमुख अतिथी प्रद्रेश नम्बर २ का उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथिको रुपमा बोल्दै राज्य मन्त्री सुरेश मण्डलले समाजमा क्यानसरको रुपमा रहेको बालविवाहलाई रोक्नु पर्ने धारणा राख्नु भएको हो । राज्य मन्त्री मण्डलले उमेर नपुगि गरिने बिवाहले छोरा र छोरि दुवैलाई स्वास्थ्य लगायतमा ठूलो असरपर्ने बताउनुभएको छ । प्रमुख अतिथिको रुपमा बोल्दै राज्य मन्त्री मण्डलले बालविवाह रोकथाम गर्न प्रदेश सरकारले छोरी पढाउ छोरी बचाउँ भन्ने कार्यक्रम र छोरी विमा कार्यक्रम समेत ल्याएको बताउनु भयो । हामि आफै पनि समाजमा बालविवाह रोकथाम गर्न चेतना जगाउनु पर्ने समेत बताउनु भयो । राज्य मन्त्री मण्डलले समाजमा दलित समुदाय भित्र पनि डोम समुदायमा बालविवाह रोक्न चुनौतिपूर्ण रहेको औल्याउनु भयो ।राज्य मन्त्री मण्डलले बालविवाह रोकथाम गर्न कानुन सम्बन्धि हरेक तह तप्काले लागे बालविवाहमा कमि आउने विश्वास व्यक्त गरेका छन । कम उमेरमा बिवाह गर्दा जिवनभर परनिर्भतामा जिवन विताउन बाध्य हुने तर त्यसैमा छोरीलाई आत्मनिर्भरका लागि शिक्षीत बनाउन तथा परिपक्क बनाए कहिले पनि पुरुषमा निर्भरता नभए आफै मा सक्षम भए जिवनभर सुखिहुने बताउनुभयो त्यसैले छोरिलाई विभेद नगरि छोरा सरह शिक्षीत बनाउन समेत बताउनु भयो ।
बालविवाह सम्बन्धि जिल्ला स्तरिय कार्यक्रममा दलित विकास मञ्च सिरहाका कार्यक्रम सरिता महराले कार्यक्रमबारे जानकारि तथा स्वागत मन्तव्य राखेको हो ।नेपालमा २० नपुगि बिवाह गर्न नपाईने कानुनि व्यवस्था रहेको छ । कार्यक्रममा कल्याणपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष धनविर मण्डल, कल्याणपुर नगरपालिका का योजना शाखा प्रमुख ललन कर्ण, कल्याणपुर न.पा. स्वास्थ्य शाखाका प्रमुख विनारायण साह, मिर्चौया न.पा. का कार्यापालिका सदस्य तथा न्याँयपालिका सदस्य चन्दा भवानि , मिर्चौया न.पा. १ का वडा सदस्य मानोदेवी महरा, कल्याणपुर न.पा.का महिला तथा वालविकास शाखा प्रमख मंजु कर्ण, ईलाका प्रहरि कार्यालय कल्याणपुरका असई उमाशंकर यादब, कल्याणपुर न.पा.का स्वास्थ्य कर्मी ओमशंकर साह, लगायतले मन्तव्य राखेको हो ।
दलित विकास मञ्च सिरहाद्धारा गठित लक्ष्मि किशोरि समुह कल्याणपुर न.पा. १० का संयोजक रविना शर्मा र कल्याणपुर न.पा. १० का आमा समुहका संयोजक स्नेहि साहले मन्तव्य समेत राखेको छ । दलित विकास मञ्च सिरहाले कल्याणपुर न.पा. वडा नम्बर १ र १० र मिर्चौया न.पा.का १ र १० नम्बर वडामा बालविवाह न्यूनिकरण कार्यक्रम संचान गर्दै आइरहेको कार्यक्रम संयोजक सरिता महराले बताउनुभयो । बालविवाह सम्बन्धि जिल्ला स्तरीय कार्यक्रमको अध्यक्षता दलित विकास मञ्च सिरहाकी अध्यक्ष रुणा कुमारी महराले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१