जन प्रतिनिधिको कार्यकाल चौथो बर्षमा प्रवेशको उपलब्ध लहान नगरपालिका द्धारा पत्रकार भेटघाट

  • आश्विन १२, २०७७
  • ९५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान १२ भदौ - सिरहाको लहानमा जन प्रतिनिधिको कार्यकालको चौथो बर्षमा प्रवेशगरेको भन्दै सो उपलक्षमा लहान नगर पालिकाको जन प्रतिनिधिहरुले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । जनप्रतिनिधिको कार्यकाल चौथो वर्षमा प्रवेश गरेको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख मुनी साहले बिकासको गति अब फास्ट ट्र्याकमा जाने प्रतिबद्धता गरेका छन । बितेको तिन बर्षमा नगर भित्र २३ किलोमिटर कालोपत्र ,३० किलोमिटर ग्राभेल ,१० किलोमिटर नयाँ सडक निर्माण, पुरानो बजारको स्तरवृद्धि, फुटपाथ पेभिङ , घण्टाघर , मल्टिमिडिया सूचना पाटी राख्ने जस्ता कार्यहरू थालनी भएको र केही दिनमै सक्ने प्रमुख साहले बताए । त्यसैगरी पूर्वाधार निर्माणको लागि आवश्यक उकरणहरु खरिदगरी आत्मनिर्भर भएको, खुटी नहर निर्माण कार्य सुरु हुनै लागेको ,उत्पादन र बजार ब्यवस्थापन कार्यमा जोड दिएको ,स्वास्थ्यतर्फ १० वटा स्वास्थ्य चौकी भवन निर्माण प्रक्रियमा रहेको,कोभिड– १९ रोकथामको लागि पीसिआर मेशिन खरिद प्रक्रियामा रहेको, नियमित रुपमा अहिले सम्म १२ सय जनाको जाँच गरेको , नियमित रुपले क्वाराइनटाइन संचालन गरी त्यसको व्यवस्थित प्रवन्ध गरेको लगायतका कार्यहरु भईरहेको र हुने क्रममा रहेको उनले जानकारी गराए । शिक्षा क्षेत्रको गुणस्तर सुधारको लागि नियमित प्रयासहरु भइरहेको, शिक्षक छात्रा आवासयुक्त प्राविधिक समेतको शिवशक्ति माध्यमिक महिला विद्यालय निर्माण क्रममा रहेको, विद्यापति भानुभक्त वाचनालय भवन निर्माण भइ संचालन हुने अवस्थामा रहेको , सबै विद्यालयका खाजा वापत नगद वितरण गर्ने गरेको लगायतका शिक्षा तर्फ ६ बुँदे कार्यक्रम समेटिएको साहले बताए ।

प्रमुख साहको अनुसार लहान नगरपालिका भित्र मुख्य समस्याको रुपमा रहेको सरसफाइतर्फ फोहोरबाट मोहोर कार्यक्रम अन्तर्गत वाटर एड, नगरपालिका संघ नेपालको समेत सहयोगमा सोलिड वेस्ट तथा फिकल प्राङगारिक मल उत्पादन कार्यक्रम अघि बढाईएको छ। भने कोभिड– १९ को महामारीको समयमा सम्पूर्ण नगरपालिकालाई स्यानिटाइज गरेको, गरीव दलित मजदुरलाई राहत वितरण गरेको, खाना सहितको क्वाराइनटाइन व्यवस्थापन गरिएको छ । भने उद्योग व्यापारतर्फ औद्योगिक ग्राम स्थापनाको कार्यहरु जारी रहेको,वडा नम्बर १ स्थित तरकारी बजारलाई सलहेस दिनाभद्री आधुनिक तरकारी बजार तथा व्यापार केन्द्रको रुपमा निर्माण कार्य टेण्टर भइ सुरु हुन लागेको , वडा नम्बर २३ बथनाहामा हाट बजार व्यवस्थापनको लागि स्टल निर्माण कार्य सम्पन्न भएको लगायतका आठ बुँदे कार्यक्रम समेटिएको छ । खानेपानीतर्फ आवश्यक्ता अनुसार खानेपानीको लागि टयुवेल वितरण गरिएको, समिूहगत रुपमा बोरिंग गरी पानी वितरण कार्यक्रम संचालन गरेको,दातृ निकाय तथा खानेपानी संस्थालाई लहान नगरपालिकाको सक्रियतामा नगरपालिका भित्र भित्र १६ घण्टा पानी आपूर्ति व्यवस्थाको लागि कार्य अन्तिम चरणमा रहेको उल्लेख गरे । त्यस्तै सामाजिक तथा धार्मिक कार्यक्रम अन्तर्गत सम्पूर्ण जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई भत्ता वितरणको साथै सहजीकरण ,बालपोषण कार्यक्रम निरन्तर रुपमा संचालन,राजदेवी मन्दिर तथा सलहेस सर्किट क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रम भएको, लहान ७ मा अनुमानित ३ करोडको लगानीमा राम मन्दिर निर्माणको काम सुरु भएको,दुर्गा मन्दिर निर्माणको लागि डिपिआर प्रक्रियामा रहेको,एकिकृत वस्ती निर्माण भएको,विभिन्न पार्क निर्माण कार्य भइरहेको र वस पार्क निर्माण सम्पन्न भएको कार्यहरुको बारेमा जानकारी गराइएको छ ।

प्रगति विवरण प्रस्तुती पछि पत्रकारहरुको तर्फबाट पत्रकार महासंघ सिरहा शाखाका अधयक्ष दिनेश्वर प्रसाद गुप्ता र प्रेस संगठन सिरहाका सदस्य पत्रकार जिवछ उदासीले ध्यानाकर्षण गराएका विषयहरुको जवाफ दिँदै नगरप्रमुख साहले, हाम्रो लहान समृद्ध लहान कुनै राजनीतिक नारा मात्रै नभएर सम्पूर्ण लहान नगरवासीको साझा नारा भएकोले विकासको काममा कुनै पनि दल वा व्यक्तिले तगारो खाडा नगरी सहमति सहकार्य र एकताको माध्यमबाट अघि बढन र विकास निर्माणमा ठेकेदारहरुबाट भइरहेको ढिलासुस्तीले उत्पन्न समस्या, फोहोर व्यवस्थापन र शिक्षा क्षेत्रमा आइपरेका व्यवधानहरु हटाउन नगरपालिकाले रफतार गतिमा गर्ने विकासका कामहरु लाई पत्रकारहरुले साकारात्मक रुपमा लिएर कलम चलाई दिनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो।

स्वागत मन्तव्य नगरउपप्रमुख सरियार कुमारी चौधरी, वडाध्यक्षहरुको तर्फबाट २४ नम्वर वडाका वडाधयक्ष कमलदेव यादव र वडा नम्वर ७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले समेत विकास निर्माणको गति तीव्र पार्नुको साथै अनुगमनको पाटोलाई सक्रिय पारेर अघि वढनुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेम भुषाल सहित लहान नगरपालिकाका वडा अध्यक्ष , कार्यपालिका सदस्य तथा कर्मचारीहरुको उपस्तिथी रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा नक्कली परीक् ...

ओम प्रकाश यादव लहान चैत्र १६ । जिल्ला सिरहाको मिर्चैया नगरपालिका वडा नं.१ स्थित श्री शारदा मा.बि.राम ...

उपप्रधानमन्त्री यादव ...

 लहान चैत्र १६ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य ...

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१