Siraha Times
ताजा समाचार

सिरहाको लहानमा गणेश मान सिंहको २३ औं स्मृति दिवस सम्पन्न

  • असोज २, २०७७
  • १३९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा, असोज २ः सिरहाको लहानमा गणेश मान सिंहको २३औं स्मृति दिवस सम्पन्न भएको छ । वीपी कोइराला युवा नेतृत्व बिकास मंच जिल्ला कार्यसमिति सिरहाको अध्यक्ष मुकेश कुमार महतोको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रमको प्रमुख अतीथि नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति अक्षमित लाल चौधरी रहेका थिए ।   received_626301741591139                                                                                लहान नगरपालिका वडा नम्बर ३ स्थित रहेको लहान अस्पताल भित्र भर्ना भएको बिरामीहरुलाई फलफुल वितरण गरेर गणेश मान सिंहको २३औं स्मृति दिवस मनाएका हुन्। बिरामीहरुको शारीरिक कमजोरीको मध्य नजर गर्दै अस्पतालका ५० जना बिरामीहरुलाई फलफूल वितरण गरेर स्मृति दिवस मनाएका छन्। मानव शरीरमा पौष्टिकतत्व कमिको कारणले गर्दा मानिसहरु दर्जनौं रोगका शिकार खेप्नु परेको छ। मानव जिवित प्राणि भए पनि जिवनमा खान पानको कारणले गर्दा रोगी हुनेगरेका एक तथ्यांकले देखाको छ। received_651445619082122                                            कार्यक्रममा सहभागी भएका नेताहरुमा काङ्ग्रेसका लहान नगर अध्यक्ष सुनिल महतो, काङ्ग्रेसका पूर्व नगर अध्यक्ष महेश प्रसाद चौधरी, नेपाल महिला संघकी केन्द्रीय सदस्य संगिता कर्माचार्य, महासमिति सदस्य राम गणेश दास, राम कुमार स्मारक अस्पतालका पूर्व अध्यक्ष तथा बुद्धिजिबि फुलेश्वर महतो, लहान नगरपालिका वडा नम्बर १९ का अध्यक्षको प्रत्याशी कमरुदिन राईन, लहान ६ का अध्यक्ष अरुण केसी, नेबि संघको निबर्तमान केन्द्रीय सदस्य संजय यादव, विद्यार्थी नेता तथा नेपाल विद्यार्थी संघका जिल्ला सभापति शितल प्रसाद चौधरी, राम कृष्ण यादव , कपिल कुशवाहा, संजिप महतो, पपु यादव, पनालाल दास, रमन यादव, ओम प्रकाश चौधरी, राजेश महतो, सरोज चौधरी, ईन्द्र नारायण चौधरी लगायतका नेताहरुको सहभागिता रहेको थियो। नेपाली काङ्ग्रेसका नेता स्वर्गीय गणेश मान सिंह स्वच्छ छबी भएका राजनीतिकर्मी एंव समाजवादको चिन्तन गर्ने बौद्धिककर्मी हुन्, उनी सदा सर्वदा इतिहासमा उल्लेख भइ रहने छन् ।received_766852024148462

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१