Siraha Times
ताजा समाचार

माडर यूथ कल्व द्धारा विपन्न परिवारलाई खाद्यन्न वितरण

  • असोज २, २०७७
  • १५३८ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेश चन्द्र बरवरिया सिरहा,असोज २ गते । सिरहाको माडरमा रहेको एक संस्थाले विपन्न परिवारलाई खाद्यन्न वितरणलाई निरंतरता दिएको छ । यूथ कल्व माडरले आज सिरहा नगरपालिको वडा न १७ मा रहेको खैरटोका, लचकाटोल,र पटेर्वामा रहेका
विपन्न गरिब परिवारलाई राहत वितरण गरेको छ ।


कल्वले सिरहा नगरपालिका वडा नम्बर १७ मा रहेको गरीव,एकल महिला,अपाङ्ग, तथा विपन्न ६२ जनालाई खाद्यन्न वितरण गरेको जनाएको छ । राहत सामाग्रीहरुमा पाँच किलो चामल, आधा किलो मसुरो दाल, आधा लिटर तेल, १ किलो नुनु, १ पाउँ स्वायबिन, मुरही १ पाउ वितरण गरिएको कल्वका सचिव संजीव यादवले बताए ।


आफूहरुले नगरको विभिन्न वडाहरुमा निरंतरविपन्न परिवारलाई खाद्यन्न उपलब्ध गराउदै आएको यादवले बताएका छन् । खाद्यन्नसँगै कल्वका युवाहरुले सरसफाईमा पनि जुट्दै आएको भन्दै यादवले कल्व, स्थानीय र देशविदेशवाट प्राप्त सहयोगले राहतमा खाद्यन्न वितरण गरिरहेको बताए ।

स्थानिय सरकारले ६ महिनाको लक डाउनको अवधिमा एक चोटी मात्र वितरण गरेको तर त्यो राहत पर्याप्त नभएको स्थानियहरुको आरोप रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

बाढीपीडितका लागि एनआ ...

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकक ...

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१