ताजा समाचार

माडर यूथ कल्व द्धारा विपन्न परिवारलाई खाद्यन्न वितरण

  • असोज २, २०७७
  • १५७३ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेश चन्द्र बरवरिया सिरहा,असोज २ गते । सिरहाको माडरमा रहेको एक संस्थाले विपन्न परिवारलाई खाद्यन्न वितरणलाई निरंतरता दिएको छ । यूथ कल्व माडरले आज सिरहा नगरपालिको वडा न १७ मा रहेको खैरटोका, लचकाटोल,र पटेर्वामा रहेका
विपन्न गरिब परिवारलाई राहत वितरण गरेको छ ।


कल्वले सिरहा नगरपालिका वडा नम्बर १७ मा रहेको गरीव,एकल महिला,अपाङ्ग, तथा विपन्न ६२ जनालाई खाद्यन्न वितरण गरेको जनाएको छ । राहत सामाग्रीहरुमा पाँच किलो चामल, आधा किलो मसुरो दाल, आधा लिटर तेल, १ किलो नुनु, १ पाउँ स्वायबिन, मुरही १ पाउ वितरण गरिएको कल्वका सचिव संजीव यादवले बताए ।


आफूहरुले नगरको विभिन्न वडाहरुमा निरंतरविपन्न परिवारलाई खाद्यन्न उपलब्ध गराउदै आएको यादवले बताएका छन् । खाद्यन्नसँगै कल्वका युवाहरुले सरसफाईमा पनि जुट्दै आएको भन्दै यादवले कल्व, स्थानीय र देशविदेशवाट प्राप्त सहयोगले राहतमा खाद्यन्न वितरण गरिरहेको बताए ।

स्थानिय सरकारले ६ महिनाको लक डाउनको अवधिमा एक चोटी मात्र वितरण गरेको तर त्यो राहत पर्याप्त नभएको स्थानियहरुको आरोप रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤