५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद र छुआछुत विरुद्धको दिवस रैली र अन्तरक्रिया कार्यक्रम गरी मनाइयो

  • चैत्र ९, २०८०
  • ४५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल /सन्जु कुमारी दास लहान ९ चैत्र । नेपालको संविधानले सबै मानिस समान हुन् र कसैले कसैलाई छुवाछुत वा जातिय आधारमा विभेद गर्नु हुदैन ।यस्ता विभेद गर्ने व्यक्तिका लागि सजाय र जरीवाना तोकिए पनि समाजमा अहिले पनि जातिय विभेद हुदै आएकोले दलित समुदाय जस्तै मुसहर ,डोम ,चमार ,हलखोर , खत्बे , तत्मा , दुसाद , जसलाई सामाजिक संरचनाको पिंधमा राखि अपमान जनक जिवन जिउन बाध्य बनाउदै आएको देखिन्छ । हाम्रो सामाजिक संरचना माथी बाट परिवर्तित भएको देखिए पनि भित्र त्यतीनै विभेद र असमानता रहेको पाइन्छ ।

हाम्रा सम्बादाता सन्जु कुमारी दासको अनुसार सिरहाको गोलबजार नगरपालिका ५ असनपुर मगर टोलमा मुक्ति नेपाल द्वारा गठित दुर्गा महिला समुह र मुक्ति नेपालका टीम लगायत आज करीब ६० जनाको सहभागितामा ५९ औं अन्तराष्ट्रिय जातिय उत्पिरण दिवस २०८० को अवसरमा जातिय छुवाछुत विरुद्ध जातिय विभेद अन्त्य गरौं , सामाजिक सदभाव कायम गरौ र शान्ति निर्माणमा सहयोग गरौं भन्ने मूल नाराका साथ जनचेतना मुलक रैलि र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लिङ्ग , जात र धर्मको नाममा हुने भेदभाव अन्त्य गरौं । जातिय छुवाछुत अन्त्य गर्न आफै बाट सुरु गरौं । जस्ता नारा लगाउदै असनपुर देखि सुरु भइ हवेली टोल हुदै गोलबजार ४ को रामप्रताप रामप्रसाद तामाङ बहुमुखि क्याम्पस साविक ५ नम्बरको वडा कार्यालय हुदै असनपुर मगरटोलको समुदायिक भवनमा पुगी अन्तरक्रिया कार्यक्रम गरी मनाईएको छ । 

रैली हुदै गर्दा एक जना गैर दलित महिलाले भन्दै गरेको भनाई आईसँ बभिनिया बैन जेतइ , कतबो चिचियेतइ त आईर तोर सकतै ? आइर तोइरक सबटा कीत्ता इहे सब जोतत्तै ” एके चासमे सबटा मिला देतै त होतई ? ” यस्ता भनाई सुन्दा अझै पनि हामी १८औं शताब्दीमै बाची रहेको महसुस हुन्छ।आयोजक संस्थाका कार्यक्रम सन्योजक धिरेन्द्र साहले भन्नु भयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी अनिता महरा भन्नु हुन्छ , हामीलाई कम ज्यालामा काम गराउने गरेको र आफ्नो आवश्यक्ता अनुसार छुत अछुत मानने र मनाउने गरेको बताउनु हुन्छ। उनको अनुसार चामलमा भएको भुस सफा नहुन्जेल त्यो चामल छोइदैन तर जब हामी चामल केलाई दिन्छौं, खान लायक बनाई दीन्छौ तब त्यही चामल पवित्र र हामी अपवित्र हुन पुग्छौ । यो एउटा उदाहरण मात्र हुन् यस्ता भोगाई उनीहरु संग कति छन कतित्यस्तै विजय महरा भन्छन् हामीलाई भोज भतेरमा त दस पाईला परै राख्ने गर्छन। निम्तो दिए पनि सबैले खाए पछाडी खुवाउछन् त्यसमा पनि भोजमा पाकेको सबै परिकार दिइदैन।

कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरु द्वारा उनीहरुले भोग्दै र गर्दै आएको क्रियाकलापमा केही सुधार ल्याउदै जाति जाति बीच बनेको खाडललाई पुर्न सक्ने बताउदै प्रत्येक जातिले त्यो चाहे दलित होस् वा गैर दलित, अरु जातिलाई कि त आफु भन्दा ठुलो की त आफु भन्दा सानो मान्दै आएको छ र एक अर्का संग छुत अछुतको व्यबहार गर्दै आएको बताएका छन।

त्यसैले आफै बाट सुरु गर्नु पर्छ भन्ने बुझाई लाई साझा गर्दै , दलित भित्र पर्ने विभिन्न जात जाति लाई एक भई अगाडी बढ्नु पर्ने र त्यसको शुरूवात त सामुहिक शान्ति भोज गरी गर्ने निर्णय सम्पुर्ण सहभागीले गरेको छ । उक्त भोजमा दलित गैर दलित सबै जना एकै ठाँउ एउटै भाडो र सबैको समान सहभागितामा खीर पकाई खाने र छुवाछुत विरुद्ध आ आफ्नो सफर अगाडी बढाउने भएका छन। यो भोज यही चैत्र १४ गते बुधवारका दिन गर्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१