तीनमहिने निःशुल्क सिलाई कटाई तालिम सुरु

  • फाल्गुन ११, २०८०
  • ४५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकश लहान फाल्गुन ११ । मधेश प्रदेश सिरहा जिल्लाको गोलबजार नगरपालिका  वडा नम्बर ४ मा  हेल्पिङ हर्ट्को आयोजनामा निःशुल्क सिलाई कटाई तालिम सुरु भएको छ । वडाका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्य सहित  तीन महिने तालिम सुरु भएको हो । तालिम हेल्पिङ हर्टका महासचिव मेराज खानको अगुवाइमा रहेको कार्यक्रममा ४० जना महिला दिदिबहिनीहरुले सेवा लिइरहेको छ । सिलाई कटाई जीवनोपयोगी सीप भएको चर्चा गरे खानले  उनले सिलाई कटाई सिकेपछि आफ्नो र घरको लुगा समेत आफैंले सिलाउन सकिने बताएका छन।  महासचिव खानले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सबै सिकारुलाई आग्रह समेत गरेका हुन। गोलबजार ४  स्थित रहेका हेल्पिङ हर्टले पछिलो समयमा विभिन्न किसिमका उदाहरणीय काम गरेको सर्वविदितै छन हेल्पिङ हर्ट संस्थाकै सम्पुर्ण  लगानीमा निःशुल्क सीप सिकाउन लागेको बताए । खानले  गरेको लगानीको प्रतिफल दिने गरी सीप सिक्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उनले सिप सिकेर आत्मनिर्भर हुन सकिने उल्लेख गरेका छन।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१