गणपति गैरेको निर्देशनमा श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

  • माघ १५, २०८०
  • ६७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान १५ माघ । मधेश प्रदेशको सिरहा जिल्ला बरियारपट्टीबाट श्रोत नखुलेको अबैध नेपाली रुपैयाँ सहित अविजितलाई बि.ओ.पी बरियारपट्टीले पक्राउ गरेको छ । सिरहा जिल्लाको बरियापट्टी गाउँपालिका ३ स्थित बरियारपट्टी सीमाबाट माघ १४ गते चार लाख त्रिपन्न हजार आठ सय चालिस नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला जयनगर ५ बिहार घर बताउने ३७ वर्षिय अविजित कुमारलाई बिओपी बरियारपट्टी बि.ओ.पीले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो । बरामद भएको नेपाली रुपैयाँमा १ हजार दरको ४ सय ४६ वटा, ५ सय दरको १४ वटा, १ सयको ५ वटा, ५० को ६ वटा र २० को २ वटा नोट रहेका छन् । बरामद रुपैयाँसहित उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१