माटोमा सडक ढलान निकाय मौन

  • माघ ३, २०८०
  • ४७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, माघ ३ । सर्लाहीको बरहथावा नगरपालिकामा एक सडक माटोमाथि ढलान गरिएको छ । परापुर्व कालमा बरहथवा छेत्रमा हाती लुक्ने बाह्र हात लामो खरको घाँसको धाडी बढी पाइने भएकोले सो क्षेत्रलाई बरहठा भन्ने गरिन्थ्यो पछि अपभ्रस भएर बरहथवा हुन गएको पाइन्छ । भौतिक पूर्वाधार अवस्थाको आधारमा नेपाल सरकारले २०७२ साल अशोज १ गते बरहथवा गाउँ विकास समिति मुर्तिया, हजरिया र लौकठ गाउँ विकास समितिहरु मिलाएर बरहथवा नगरपालिका घोषित गरेको थियो ।

बरहत्वाको पुर्वमा हरिपुर नगरपालिका,पश्चिम ,रौतहट जिल्ला ,उत्तरमा बागमती नगरपालिका र दक्षिणमा बसबरिया गाउँपालिका रहेको छ । जम्मा १८ ओटा वडाहरू रहेको यस पालिकाको जम्मा क्षेत्रफल १०७.०५ वर्ग कि.मि रहेको छ । बरहथवा नगरपालिकाको वाडा नम्बर न.५ स्थित रहेको नहर सडकलाई ढलान गर्ने बहानामा माटोमै ढलान शुरु गरेको छ । बरहथवा वडा न:- ५ मा भैरहेको विकास अन्तर्गतको माटो ढलानले पालिकामा अदुरदर्शिता रहेको स्पष्ट बुझ्न सकिन्छ । यसरी सडकलाई ढलानको योजना बनाउने व्यक्तिहरू तथा उपभोक्ता समिति र ठेकेदार लगायतलाई कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउन जरुरी रहेको अवस्थामा अख्तियार मधेश प्रदेशको ध्यानाकर्षण आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१