बरियारपट्टीबाट अबैध ८ लाख रकम सहित दुईजना पक्राउ

  • पुस १५, २०८०
  • ७८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पुस १५ । सिरहामा सिमावर्ती क्षेत्रबाट अबैध रकम सहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हे.क्वा.सिरहाको गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक शिव गैरेको निर्देशणमा बिओपि बरियारपट्टीका सशस्त्र प्रहरी निरिक्षक कृष्ण थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलिले श्रोत नखुलेको ८ लाख नेपाली रुपैया सहित दुई जनालाई पक्राउ गरेको छ ।

श्रोत नखुलेको अबैध रकम गईरहेको सुचना आउन साथ बरियारपट्टी गा.पा. ३ बरियारपट्टी सीमा ईलाकाबाट स्थित चेकपोईन्ट टोलिले अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया आठ लाख रुपैया सहित बरियारपट्टी गा.पा.–३ बस्ने १९ वर्षीय ओमनाथ नारायण मण्डल र धनगडीमाई न.पा. ७ बस्ने १९ वर्षीय ओम प्रकाश महतो लाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय माडरमा सिरहामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हे.क्वा.सिरहाको गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१