ईप्रका पटेर्वासुगौलीको सक्रियतामा ५ टयाक्टर अबैध बालुवा र करिब ३ टयाक्टर दाउरा बरामद

  • पुस १२, २०८०
  • ७६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १२ पौष । पर्सा जिल्लामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै पर्सा प्रहरीले पाँच वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । पर्साको भेडाहा खोलाबाट अवैधरुपले गिट्टी बालुवा उत्खनन् गरि लैजादै गरेको अवस्थामा पाँच वटा ट्रयाक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले बताए ।

भेडाहा खोलामा अवैध रुपमा बालुवा गिट्टी उत्खनन् भईरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्याल पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले खटाएको प्रहरी चौकी मिलनचोकको प्रहरी टोलीले ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६, प्र २–०३–००१–४७४७ गरि पाँच वटा ट्रयाक्टर बरामद गरेको हो । नियन्त्रणमा लिएका ट्रयाक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक केशरीले बताए ।

त्यसैगरी, बिहीबार पर्सागढी नगरपालिका वडा नम्बर ७ फुलवरिया टोल स्थित नदि किनारकोे छठघाटमा छुट्टा–छुट्टै स्थानमा लुकाई छिपाई राखेको अवस्थामा करिब ३ टयाक्टर दाउरा बरामद भएको छ । ईलाका प्रहरी कार्यालय एकटाङ्गा, बिन्दबासीनी कोइलाभार बडनिहार साझेदारी वन गस्ती टोली र सब डिभिजन वन कार्यालय रङ्गपुरबाट संयुक्त रुपले खटिएको टोलीले सो दाउरा बरामद गरेको जनाईएको छ । बरामद दाउरा तस्करी गर्ने गिरोहको खोजी कार्य भईरहेको र बरामद गरिएको दाउरा आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको प्रहरी निरीक्षक केशरीले बताए ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१