सिरहामा बाल यौन दुर्व्यवहारका आरोपित,प्रहरिको अगाडिबाटै हत्कडि सहित फरार

  • पुस ६, २०८०
  • ८०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा पुस ६ । बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ गरी म्याद थपका लागि ल्याइएको एक आरोपित जिल्ला सरकारी वकिलको कार्यालय अगाडिबाट हतकडीसहित फरार भएका छन्। आरोपित छोटु सदा कहिबेर अघि हतकडीसहित फरार भएको सिरहा प्रहरी प्रवक्ता (डिएसपी) रविन्द्रराज पाण्डेले पुष्टि गरेका छन्। बाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। शुक्रबार दिउँसो करिब ३ बजे म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहा पुर्‍याइएको थियो। प्रहरीको भ्यानबाट तल ओराल्ने क्रममा सदा हतकडीसहित भागेको डिएसपी पाण्डेले बताए। उनको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१