वाडा तथा पालिकास्तरीय कवडी खेल प्रतियोगिता २०८० भव्यताका साथ सम्पन्न

  • मंसिर ३, २०८०
  • ६३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर ३ ।मधेश प्रदेशको सिरहा जिल्लाको भगवानपुरमा गत कात्तिक १२ गते सोमबारदेखि जारी कवडी खेल औपचारिक रूपमा सम्पन्न भएको छ । ३ स्टार युवा संघ नरहा ९ दक्षिणबारी टोलद्वारा विजयादशमी दीपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित " वाडा तथा पालिकास्तरीय कवडी खेल प्रतियोगिता २०८० " भव्यताका साथ सम्पन्न भएको छ । दक्षिणी मधेशका सिमासंग जोडिएका भगवानपुर गाउँपालिकामा खेलप्रति यहाँका युवा तथा राजनीतिकर्मीको चासो अलिक बढीनै रहेको छ थ्री स्टार युवा संघ नरहा ९ दक्षिणबारी टोलको आयोजनामा संचालित उक्त प्रतियोगितामा सखुवानन्कारकट्टी गाउँपालिकाको विशेष सहयोग रहेको थियो ।

खेलको अध्यक्षतामा धर्मी यादव रहेको थियो भने आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि नेकपा( एकीकृत समाजवादी ) का स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश अध्यक्ष राम चन्द्र यादव , विशिष्ट अतिथि भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव, सखुवानन्कारकट्टीका गाउँपालिका अध्यक्ष केदारनाथ यादव , अथितिहरु बेचन प्रसाद यादव लगायत स्थानिय नेता, समाजसेवी , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानिय प्रशासन  लगायत पत्रकारहरुको उपस्थितिमा आज औपचारिक रूपमा कवडी खेल प्रतियोगिता सम्पन्न भएको हो ।उक्त खेलमा आठ टीम सहभागी रहेको र खेलमा घरेलु टिम नहराले जीत हासिल गरेको थियो ।

हिजो भएको फाइनल खेल प्रतियोगिता अन्तर्गत भगवानपुर गा. पा. -२ नहरा र लहान न. पा. २३ छरापट्टीका खेलाडीहरु बीच मैत्रीपूर्ण खेल भएको थियो । उल्लासमय बाताबरणमा भएको मैत्रीपूर्ण खेलमा विजेता भगवानपुर गा.पा. -२ र उप- विजेता लहान -२३ भएको हो । विजेता घरेलु टिमलाई नगद रु ११,१११ सहित सहभागी सबै खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रमूख अथितीको हातबाट टिका लगाएर प्रदान गरिएको थियो । त्यसतै उपबिजेता लाहान २३ लाई रु ७,१११ नगद सहित मेडल र प्रमाणपत्र विशिष्ट अतिथि केदार नाथ यादवले प्रादन गर्नु भएको थियो । अत्यन्त सुन्दर र मनोरम वातावरणमा भएको खेलको लागि व्यवस्थापकीय पक्षमा व्यापक ध्यान केन्द्रित गरिएको थियो । करिब ५०० दर्शकको सहभागितामा भएको कार्यक्रममा अथितीगणले छठको शुभकामना आदानप्रदान गर्दै खेलाडीहरुको उज्जवल भविष्यको कामना गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१