विद्यालय परिसरमा प्रधानाध्यापक झुण्डिएको अवस्थामा फेला

  • कार्तिक १९, २०८०
  • ६८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक १९ । सिरहाको गोलबजार नगरपालिका वडा नं ३ स्थित रहेको एक बिद्यालयका प्रध्यानाध्यापक झुण्डिएको अवस्थामा फेला परेको छ । गोलबजार नगरपालिका वडा नं ३ स्थित रहेको श्री सरस्वती माध्यामिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजिव कुमार साह कार्यरत रहेकै विद्यालयको एक कोठामा पासो लागेको अवस्थामा फेला परेको हो । आज बिहान करिब ८ बजेको समयमा अन्दाजी वर्ष ५० का उक्त विद्यालयमा कार्यरत प्रधानाध्यापक शाह झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीको टोली करिब ११ बजेर २० मिनेटको समयमा घटना स्थलमा पुगेको थियो ।

विद्यालयको तीन तले भवनको माथिल्लो भागमा रहेको सभा हलमा उनी झुण्डिएको बताइएको छ । विद्यालय परिसरमा प्रधानाध्यापक के कति कारणले झुण्डिएको भन्ने बारे केही खुलेको छैन । घटनाको बारेमा अनुसन्धान जारी रहेको र वस्तु स्थितिको बारेमा मुचुल्का उठाई शवलाई पोस्ट मारडमका लागि काठमाण्डौ स्थित टिचिङ हस्पिटल लैजाने तयारीको बारेमा सल्लाह भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१