उपभोक्तालाई ठगेर मासु बेच्ने गुलजार पक्राऊ

  • कार्तिक १८, २०८०
  • ६८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक १८ । धनुषा प्रहरीले उपभोक्तालाई झुक्काएर खसीको मासुको नाममा बाख्राको मासु बेच्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय धनुषाबाट प्र.नि. को कमाण्डमा खटिएको गस्ति टोलीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा गुल्जार महम्मदले साहिल फ्रेस हाउँस संचालन गरेको मासु पसलमा खसीको मासुको नाममा बाख्राको मासु बिक्री गर्दै आएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

गस्तीमा रहेको प्रहरी टोलीले मासुको चेक जाँच गर्दा गुल्जार महम्मदले आफ्नो पसलको अगाडी खसीको मासुको सानो टुक्रा संगै छाला बिनाको बाख्रालाई खसीको अण्ड कोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसंगै बिक्री गर्नको लागि राखेको अवस्थामा फेला पारी उक्त खशीको मासु र बाख्राको मासु नाप तौल गर्दा छाला भएको खशीको मासु २१ किलो र बाख्राको मासु ८ किलो समेत बरामद गरी बरामद गरेको मासु सहित मासु पसलको संचालक गुल्जार महम्मदलाई नियन्त्रणमा लिई ई.प्र.का. महेन्द्रनगर धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुसाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१