भगवानपुरको बालासुन्दरी भगवतीमा १ हजार ४५१ बलि

  • कार्तिक ६, २०८०
  • ६८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान - मधेश प्रदेशकै प्रसिद्ध सिरहाको बालासुन्दरी भगवती मन्दिरमा दशैंको महानवमीका दिन एक हजार चार सय एकाउन बोकाको बली चढाइएको छ । सिरहाको भगवानपुर गाउँपालिका–१ भगवानपुर चौक देखि ३०० मिटर पुर्व हुलाकी राजमार्गमा अवस्थित बालासुन्दरी भगवती शक्तिपीठमा महानवीमका दिन सोमबार बिहान करिब पाँच बजे देखि बलि दिन सुरू गरेको थियो भने दिउँसो एक बजे बलि सम्पन्न भयो । बलि चढाउन स्थानीय स्वयंसेवक तथा नेपाल प्रहरीको सहयोग सहित परिचालन गरिएको थिय।बलि चढाउन छिमेकी जिल्लाहरु सिरहा, सप्तरी र भारतको विहार राज्यबाट समेत यहाँ बलि दिन श्रद्धालुहरू आउने गर्छन।भाकल मनोकामना पूरा हुने जनविश्वासका साथ यहाँ बलि दिने प्रचलन रहेको पुजारी उदय शंकर चौधरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१