राष्ट्रिय युवा संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • कार्तिक ४, २०८०
  • ५०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ४ । सिरहाको धनगढीमाई नगरपालिका वडा नं १३ स्थित डावर खेल मैदानको परिसरमा आयोजित दशैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पूर्व मन्त्री लिला नाथ श्रेष्ठको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा अतिथिहरु धनगढीमाईका मेयर शिवशंकर महतो, गोलबजारका मेयर श्याम श्रेष्ठ, सिरहाका मेयर डाक्टर नवीन यादव , नेताहरु चण्देश्वर मण्डल ,रामकुमार शाह , मनिता योञ्जन , दिलीप लामा , राजेन्द्र यादव , श्रवण ठकुरी लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा शुभकामना आदानप्रदान गरिएको हो ।

स्थानिय डावर खेल मैदानको दक्षिणपट्टि रहेको स्टेजमा राष्ट्रिय युवा संघ जिल्ला कार्यसमिति सिरहाको आयोजनामा आयोजित कार्यक्रममा एक दिवसीय फुटबल खेल प्रतियोगिताको समेत आयोजना गरिएको थियो । राष्ट्रिय युवा संघ सिराहाका अध्यक्ष दिनेश यादबको अध्यक्षतामा भएको कार्यक्रममा अथिती सबैलाई गम्छा ओढाएर स्वागत गरिएको थियो ।

नेतृ शोभा बरालको उद्घोषणमा संचालित कार्यक्रममा राष्ट्रिय गान गाएर , ज्ञात अज्ञात वीर सहिदप्रति सम्झना गर्दै धनगढीमाईका मेयर शिवशंकर महतोले डावर खेल मैदानको बीचमा पुगेर एक दिवसीय खेलमा सहभागी स्थानिय डावर र गोलबजारका खेलाडीहरुलाई टिका लगाएर हातमा फुटबल प्रदान गर्दै खेलको उद्दघाटन गर्नु भएको थियो । स्थानिय डावर र गोलबजार बीच भएको मैत्रीपूर्ण खेलको समापन पछि लागु औषध विरुद्धको सचेतनामुलक सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।

अत्यन्त मनोरम वातावरणमा भएको कार्यक्रममा सहभागी खेलाडीहरुलाई राष्ट्रिय युवा संघले सम्मान गर्दै कार्यक्रमको समापन गरेको हो । ने.क.पा.एमाले निकटका राष्ट्रिय युवा संघद्वारा आयोजित कार्यक्रममा वक्ताहरुले दशैं, तिहार र छठको अवसरमा एक अर्कामा शुभकामना आदानप्रदान गर्दै कार्यक्रमको समापन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१