दाहा मेला महोत्सव समारोह २०८० सखुवामा धुमधामका साथ मनाइदै

  • भदौ १२, २०८०
  • ६२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १२ भदौ कला संस्कृति हाम्रो स्वाभिमान समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान स्थानीय सरकारको मुल नारा अन्तर्गत सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा गाउँमा आज गा.पा. अध्यक्ष केदारनाथ यादव द्वारा दाहा मेला महोत्सव समारोह २०८० को आज उदघाटन भएको छ। मुल कमिटी अध्यक्ष उसमान राइनको अध्यक्षतामा भएको खेलमा प्रमुख अतिथिको रुपमा गा.पा. अध्यक्ष यादव रहेका थिए भने बिशिस्ट अतिथी ४न. वाडाध्यक्ष रमेश कुमार यादव लगायत पालिका भरिका युवा नेताहरु प्रयागलाल यादव, सतेलाल यादव,बालेश्वर साह सहित विभिन्न बिशिस्ट ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।

हिजो पहिलो दिनको खेलमा दुई टिमहरु सिरहाको नवराजपुर ५ कुसन्डी र सप्तरीको सुरुङ्गा ९ टिकुलिया सहभागी भएका थिए। दुबै टिम द्वारा खेलिएको खेलहरु लाठी, भाला, फरसा, तरवार जस्ता खेलहरु रहेका थिए।

आज  १२ गते मंगलबार समापन हुने महोत्सवमा थप खेलाडीको टिम सहभागी हुने तथा महिला झर्निको टिम र सान्स्कृतिक कार्यक्रम समेत ब्यबस्थापन गरिने आयोजकले जनाएका छन। दर्शको बाक्लो उपस्थितिमा भएको महोत्सवमा निकै रोमाञ्चक खेलहरु भएका थिए भने भोलिको समापन खेल अझ रोमाञ्चक हुने र दर्शकको तादाद दोब्बर रहने आँकलन आयोजक कमिटीले गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१