प्रसौनी गा.पा.–३ मा श्री महावीरी झण्डा मेला धुमधामका साथ सम्पन्न

  • भदौ ६, २०८०
  • ६०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा ६ भदौ । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा प्रतेक बर्ष झै यस वर्ष पनि श्री महावीरी झण्डा मेला धुमधामका साथ सम्पन्न भएको छ । मेला अध्यक्ष छोटेलाल साह कानुको अध्यक्षतामा भएको सो मेलाको उदघाटन प्रमुख अतिथि प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद जैसवालले गरेका थिए । मेलाको उदघाटन गर्दै अध्यक्ष जैसवालले मेलालाई भव्य एवं सभ्य रुपमा सम्पन्न गराउन सम्पूर्ण पालिकावासीहरुमा आग्रह गरेका थिए ।

सो मेला उदघाटन शत्रको विशिष्ट अतिथि पालिका उपाध्यक्ष किरण साह, क्षेत्रिय सभापति सुनिल गुप्ता कलवार, वडा अध्यक्षहरु याकुब अन्सारी, हृदय नारायण साह, विश्वनाथ साह, राजहण साह, सदस्यहरु राजेश गुप्ता, सर्युग दास, सन्तोष गुप्ता, पुजा यादव, पन्नालाल यादव, लक्ष्मि ठाकुर, सञ्चारकर्मी आसमहम्मद मिया लगायतको उल्लेखनिय सहभागीता रहेको थियो । जयप्रकाश गुप्ताले सहजीकरण गर्नु भएको उदघाटन कार्यक्रम पछि कुस्ती सुरु भएको थियो । कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका पहलमानहरुले आ–आफ्ना कला कौशलता प्रस्तुत गरेका थिए । मेलामा विभिन्न किसिमका झुलाले झनै मनोरञ्जनात्मक बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१