युवाहरुको रोजाइको वाडा अध्यक्ष

  • श्रावण ३, २०८०
  • ६४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल, साउन ३ । भौगोलीक बनावटले विकट मानिएको सिराहा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरी आम यूवा आकर्षणको केन्द्रविन्दुमा रहेका छन । वडाको जिम्मेवारी सम्हालेदेखि उनले वडाका टोल बस्तीमा चुनावी अभियानमा जे बाचा गरेका थिए तिनै बमोजिम काम गर्दै आउनु भएको छ । उनले टोल बस्तीका घर घरमा गएर सामाजिक सुरक्षा भत्ता वितरणको बातावरण एकातिर बनाएको छ भने अर्कोतिर उनी यतिबेला दुर्गम बस्तीहरूबाट नव प्रतिभाहरूको पहिचानमा लागेका छन ।

Open photo

टोल बस्तीबाट युवा प्रतिभाको लागि फुटबल खेलमा तिब्रता बढाउनका लागि ड्रेस सहितको टीम एकातिर तयारी गर्नू भएको छ भने अर्कोतिर उनले स्थानिय खुट्टी खोलाको सोमबारे बजारको खेल मैदानमा आफ्नै लगानीमा एक दिवसीय खेलकाे आयोजना गर्नु भएको हो । बस्तीका अतिरिक्त उदयपुर जिल्ला लगाएत ६ ओटा टीम एक दिवसीय फुटबल प्रतियोगितामा सहभागि भएका थिए । वाडा अध्यक्ष अमित ठकुरीले आफ्ना वडाका टोल बस्तीका टिमलाई ड्रेस र फुटबल उप्लब्ब्द गराएर युवा प्रतिभा तयारीको वातावरण निर्माण गर्नु भएको थियो ।

वाडा अध्यक्ष अमित ठकुरीको स्वागत योग्य कार्यक्रममा महेन्द्र लामा लगाएत स्थानिय राजनीतिकर्मी,समाजसेवी , बुद्धिजीवी, पत्रकार लगायतको उपस्थितिमा एक दिवसीय फुटबल खेलको खुट्टीबाट उद्दघाटन गर्नु भएको हो । उद्दघाटन समारोहमा बोल्दै वाडा अध्यक्ष अमित ठकुरीले " वाडा नंवर १४ मा खेल मैदान नरहेकोले उक्त खेल मैदानको ब्यबस्थापनमा लाग्ने " प्रतिबद्धता व्यक्त गर्नु भएको छ । अत्यन्त मिलनसार वाडा अध्यक्ष अमित ठकुरीको यतिबेला युवाहरुले व्यापक प्रसंशा गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१