साउदी अरेबियाले सुडानबाट आफ्ना नागरिक र विदेशीलाई गर्यो उद्धार उद्धार

  • बैशाख १३, २०८०
  • ५९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शहबाज खान, कपिलवस्तु । साउदी अरेबियालले आफ्ना अलपत्र नागरिकलाई उद्धार गरेको छ । सुडानमा दुई प्रतिद्वन्द्वी सेनाहरू बीचको तीव्र लडाइँ भएको एक हप्तापछि साउदी अरेबियाले सुडानबाट आफ्ना अलपत्र नागरिकहरूलाई उद्धार गरेको हो । साउदी अरेबियाले सुडानबाट आफ्नो नागरिक उद्धार गर्ने पहिलो देश बनेको छ । साउदी परराष्ट्र मन्त्रालयले साउदी नागरिकसँगै “मित्र राष्ट्रका धेरै नागरिकहरू“ लाई उद्धार गरिएको बताइएको छ । रोयल साउदी नौसेना बल (च्क्ल्ँ)ले शनिबार सुडानबाट नागरिक, अन्य देशहरुका नागरिक, कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय अधिकारीहरूलाई उद्धार अपरेशन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ः “कुवेत, कतार, युएई, इजिप्ट, ट्युनिसिया, पाकिस्तान, भारत, बुल्गेरिया, बुल्गेरिया, फिलिपिन्स, क्यानडा, बंगलादेश र बुर्किना फासोका ६६ जनालाई उद्धार गरिएको छ । “ सुडानबाट उद्धार गरिएको साउदी नागरिकको संख्या ९१ जना रहेको छ । मन्त्रालयका अनुसार साउदी नेतृत्वको निर्देशनको कार्यान्वयनमा जेद्दाहमा सबै साउदी नागरिक र अन्य देशका नागरिकहरु सकुशल आइ पुगेका छन् । साथै साउदी अरेबियाले विदेशी नागरिकहरूलाई उनीहरूको देशमा प्रस्थान गर्ने तयारीका लागि सबै आवश्यकता उपलब्ध गराइएकोे छ ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१