खवासले पाएँ म्यान अफ दि म्याचको उपाधि

  • आश्विन १६, २०७९
  • ६९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १६ । सिराहाको धनगढीमाई नगरपालिकाको वडा नं १३ डावरमा डावर गोल्ड कप जारी रहेको बाैद्धिक व्यक्तित्व अर्जुन ठकुरीले जानकारी दिनुभएको छ । डावरमा जारी रहेको धनगढीमाई दोश्रो गोल्डकप फुटवल प्रतियोगिता २०७९ को अाज भएको दोस्रो दिनको खेलमा कोमल खवास ( जर्सी नम्बर ६ ) म्यान अफ दि म्याच घोषित भएका छन् । स्थानिय डाबरको खेल मैदानमा एकताबद देश खेलकुदको संदेश मुख्य नाराका साथ आयोजित कार्यक्रममा वडा नं १३ का वडा अध्यक्ष सूर्यमान तामाङले खवासलाई मञ्चमा बोलाएर नगद रू दुई हजार प्रदान गर्नु भएको हो । अाज दिउसो करिब ४ बजेर २१ मिनेटमा पेमा यूवा क्लव विराटनगर ११ र पटनाली फुटवल क्लव १३ बीच भएको खेलमा सानदार गोल गरे बापत खवासलाई नगद पुरस्कार स्वरुप दुई हजार प्रदान गरिएको वडा अध्यक्ष सूर्यमान तामाङले बताउनुभयो । जारी फुटवल प्रतियोगितामा खेल मैदानमा सवै व्यवस्थापकीय पक्ष मिलाइएको हुनाले खेल अति सुन्दर तवरले शान्त वातावरणका बीच जारी रहेको छ । दिनानु दिन दर्शकको चाप बढिरहेको यस खेल मैदानमा खेल हेर्नको लागि जिल्लाका बिभिन्न भागबाट दर्शकको चाप बढिरहेको अवस्था रहेकाे पाइन्छ भने करिब चार हजारको हाराहारीमा दर्शक फुटवल हेर्नको लागि आउने गरेको पाइन्छ । अाजको फुटवल प्रतियोगितामा धनगढीमाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष भग्लु महतो , वडा नं १४ का अमित ठकुरी, बौद्धिक व्यक्तित्व श्रवण ठकुरी लगायतको उपस्थितिमा भएको प्रतियोगिताको उद्घोषण अर्जुन ठकुरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१