सीमाबाट हुने लागुऔषध देखि तस्करी लगायतका समस्या समाधान बारे चर्चा

जनकपुरधाममा नेपाल भारत सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

  • श्रावण २१, २०७९
  • ७२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जननकपुरधाम । जननकपुरधाममा नेपाल भारतका सीमा सुरक्षा बैठक सम्पन्न भएको छ । शनिबार जनकपुरधामस्थित एक होटलमा भारतको मधुबनी जिल्लाका जिल्ला पदाधिकारी, सुरक्षाअधिकारी तथा सुरक्षाकर्मी र मधेश प्रदेशका भारतसंग जोडिएका जिल्लाहरुको जिल्ला पदाधिकारी, सुरक्षाअधिकारी तथा सुरक्षाकर्मीहरुको संयुक्त समन्वय बैठक भएको छ । कार्यक्रममा खुला सीमामा विद्यमान समस्या, चुनौती र समाधानहरुको बारेमा दुबै देशका पदाधिकारीहरुले धारण व्यक्त गरेको थिए । कार्यक्रममा सीमाबाट हुने लागुऔषध कोरोबार, मानव बेचविखन, तस्करी लगायतका समस्या समाधान बारे समेत चर्चा गरिएको छ । कार्यक्रममा विगतमा भएको स्थानीय तहको चुनावमा भारतका सीमामा अहोरात्री खटेर सुरक्षामा तैनाथ रहेको सुरक्षाकर्मीलाई धन्यवाद दिनुको साथै आब हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि सीमा सुरक्षामा सहयोग गर्ने दुबै देशका पदाधिकारीले जनाए । कार्यक्रममा नेपालको तर्फबाट मधेश प्रदेशका जिल्लाहरुको प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख सहभागी भएका थिए भने भारतको तर्फबाट मधुवनी जिल्लाका जिल्ला प्रमुखसहित प्रहरीहरुको उपस्थिति रहेको थियो । प्रदेश र प्रतिनिधिसभाको चुनाव भन्दा पहिला पुनः भारतको मधुबनीमा सिमा सुरक्षा सम्बन्धी बैठक हुने कार्यक्रममा उपस्थित नेपालका सुरक्षा पदाधिकारीले बताए । कार्यक्रम समापन पश्चात भारत र नेपालका उपस्थित सम्पूर्ण सुरक्षाअधिकारी एवम प्रमुखको टोली सिन्धुलीगढी भ्रमण गर्न प्रस्थान गरेको थिए ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१