लहानमा मधेशी दलित अगुवा तथा बुद्धिजीवीहरुको गोष्ठी सम्पन्न

  • श्रावण १८, २०७९
  • ९१८ पटक पढिएको
  • रामएकवाल राम
alt

लहान। सिरहाको लहानमा शनिबार प्रदेश स्तरीय दलित अधिकारकर्मी र बुद्धिजीवीहरुको गोष्ठी  सम्पन्न  भएको छ । दलित एकता समाज द्वारा आयोजना गरिएको  सो  गोष्ठीमा मधेसी दलित समुदायका  वर्तमान अवस्था , मुद्दा ,चुनौती ,अवसर  र आवश्यक  रणनीति  सम्बन्धमा छ्लफल भएको हो । कार्यक्रममा दलित अगुवा तथा पत्रकार  भोला  पासवानले राजनितीक क्षेत्रमा दलितहरुको सहभागिता पहिलेको तुलनामा जति हुनुपर्ने हाे अहिले त्यती नरहेको  बताएउनुभयो । कार्यक्रममा दलित अगुवा चन्देश्वर दासले नेपालको संविधानले छुवाछूतमुक्त राष्ट्रिय  घोषणा गरेतापनी कानुनी  रूपमा  कर्यान्वयन हुन सकेको छैन जसको  जल्दोबल्दो उदाहरण अन्तरजातीय विवाह पनि  हो कतिपयले ठाँउमा अन्तर जातीय विवाह पश्चात् घर परिवार र समाजले स्वीकार्न  नसकेपछी   छुट्टीनु पर्ने बाध्यता शृजाना भएको  जानकारी गराउनु भयो ।

दलित समुदायको विद्वान र बुद्धिजिबिहरु विचमा भेटघाट तथा छलफल गर्ने  उदेश्यले कार्यक्रमको आयोजना  गरिएको  थियोे । कार्यक्रमको उदेश्य माथी प्रकाश्  अरबिन्द महराले पार्नु  भएको  थियोे  भने स्वागत  मन्तव्य मोहन  पासवानले राख्नु  भएको  थियो । कार्यक्रम संचालन सुरेन्द्र  राम र मुन्द्रीका मणडलले गर्नु  भएको  थियोे । दलित  अधिकारकर्मी  नथुनी मोची को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा दलित अधिकारकर्मी , शिक्षक , समाजसेवी , पत्रकार ,सरोकारबाला , बुद्धिजीवी ,लगायत ५० जना भन्दा बढीको सहभागिता रहेको  थियो ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१