विओपी माडर र एसएसबी बिच भएको भलिबल खेलमा विओपी माडरको जित

सशस्त्र र एस.एस.वी बिच भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सशस्त्रको सानदार जित

  • श्रावण १३, २०७९
  • १०८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । सशस्त्र प्रहरी बल माडर खैरटोका र सिमा सुरक्षा बल भारत अरहा बिच भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको सानदार जित हासिल गरेका छन । नेपाल भारत सिमा माडरको २ नं.ढाठ दशगाजामा भएको दुई देश विचको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा ३ र २ सेटमा जितेका थिए । उक्त मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल खैरटोका सशस्त्र प्रहरी निरिक्षक लोकनाथ उप्रेतीको कमान्डमा १५ जना र सिमा सुरक्षा बल भारत अरहा एसएसबी निरीक्षक कुलदिप सिंहको कमाण्डमा २० जना मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सहभागि रहेको थियो । मैत्रीपुर्ण भलिबल प्रतियोगिताले दुई देशका प्रशासन विचको सम्बन्ध अझै प्रगाढ हुनुको साथै खेल प्रतिको रुचि झन बढने र प्रहरीमा हौसला बढने सशस्त्र प्रहरी निरिक्षक लोकनाथ उप्रेतीले बताए । साथै यस्ता दुई देशबिच समय समयमा मैत्रीपुर्ण प्रतियोगिता खेल भईरहदा दुबै देश विचको सम्वन्ध झन नजिक हुने भन्दै मैत्रीपुर्ण भलिबल प्रतियोगिता गराउन पहल गरेका सशस्त्र प्रहरी बल माडर खैरटोका स.प्र. नि लोकनाथ उप्रेतीलाई प्रहरी उपरिक्षक रमेश थापाले धन्यवाद दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१