भारतद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग

  • असार ३१, २०७९
  • ७२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जगत ठाडा मगर काठमाडौं । भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।   नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज बिहान गृहमन्त्रालयमा एक समारोहबीच भारतीय जनता र भारत सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । भारतले नेपाललाई तीन हजार थान टेन्ट र १० थान ‘रबर बोट’ उपलब्ध गराएको हो ।   हस्तान्तरण समारोहमा बोल्दै गृहमन्त्री खाणले प्राकृतिक प्रकोप प्रभावितहरूका लागि प्राप्त सहयोगप्रति भारतीय जनता र त्यहाँको सरकारलाई धन्यवाद दिए । नेपाल बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक प्रकोपमा पर्दा भारत सरकारबाट सहयोग भइरहेको भन्दै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।   कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले मनसुनको सुरुवातमा राहत सामग्री हस्तान्तरण गर्न पाएकोमा खुसी जनाउँदै आउँदा दिनमा पनि थप सहायता गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१