पहिलो दिनमा १० हजार डाेज खोप वितरण गरियो

  • पुस २७, २०७८
  • ६७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बु गार्नमा खोलिएको नयाँ कोभिड-१९ खोप केन्द्रले पहिलो दिनमा १० हजार डाेज खोप वितरण गरेको छ । व्यवसाय तथा उद्योग क्षेत्रको लागि खुलेको खोप केन्द्रले दैनिक ३० हजार खोप वितरण गर्ने लक्ष्य राखेको छ । खोप केन्द्र गएको आइतबारदेखि सन्चालनमा आएको हो । बुस्टर डाेजलाई प्राथमिकतामा राखेर पहिलो र दोस्रो डाेज लगाउन बाँकी रहेकाहरुलाई पनि खोप वितरण गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ । स्वास्थ्य मन्त्रालय, हमाद मेडिकल कर्पोरेशन र प्राइमरी हेल्थ केयर कर्पोरेशन बीचको सहकार्य तथा आन्तरिक मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय र कोनोकोफिलिप्स-कतारको सहयोगमा खोप केन्द्र खुलेको हो । केन्द्रमा अपोइन्टमेन्टको आधारमा मात्र खोप वितरण गरिनेछ । अपोइन्टमेन्ट बिना कसैलाई पनि प्रवेश नदिइने मन्त्रालयले स्पष्ट पारेको छ । कम्पनीले [email protected] मा इमेल गरेर योग्य कामदारको लागि अपोइन्टमेन्ट लिन सक्नेछन् । ५ सय भन्दा बढी स्वास्थ्यकर्मी र २८० स्टेशन रहेको केन्द्र आइतबारदेखि बिहिवार बिहान ७ देखि बेलुका ५ बजेसम्म सन्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१