धनगडीमाईमा डोजरले किच्दा एक बालकको मृत्यु

  • मंसिर २५, २०७८
  • ९४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान।मंसिर २५ गते। सिरहाको धनगढीमाई ९ मुसहर्निया स्थित महेन्द्र राजमार्गको दक्षिणी छेउमा खेलिरहेको ३ बालकमध्ये १ बालकलाइ डोजरले किच्दा घटनास्थलमै मृत्यु भएको छ । आज(शनिबार ) करिब ४ बजेको समयमा उक्त ठाउँमा सडकमा काम गरिरहेका चाइनिज कम्पनीको डोजरले किच्दा स्थानिय संजीव मोक्तानको ९ वर्षिय छोरा सिद्धार्थ मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ । करिब १ घण्टा अवरुद्ध भएको राजमार्ग ईलाका प्रहरी कार्यालय लहानका डिएसपी तपण दाहालले कानूनी कारवाही अगाडि बढाउने जनाएपछि अवरुद्ध राजमार्ग ५:३० बजे खुलेको छ भने शवलाई पोष्टमार्टमका लागि लहान अस्पताल लागिएको स्थानीयलाई उदृद् गर्दै प्रहरीले जनाएको छ । चालक घटना लगतै फरार रहेको छ भने खोजी कार्य जारी रहेको बुझिएको छ । स्रोत ;- स्टार खवरबाट।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१