क्रिकेट टुर्नामेन्ट खेल उद्घाटन, पहिलो खेलमा गणेशपुर टीम विजयी

  • आश्विन १९, २०७८
  • ७२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत कपिलवस्तुको विजयनगर गाउँपालिकामा सोमबार क्रिकेट टुर्नामेन्ट खेल प्रतियोगिताको उद्घाटन गरिएको छ । शिवम युवा क्लबको आयोजनामा गाउँपालिकाको वडा नं ३ महादेइयामा क्रिकेट टुर्नामेन्ट खेलको उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं ३ का वडाध्यक्ष बुद्धिराम अर्यालले टुर्नामेन्ट खेलको उद्घाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष बुद्धिराम अर्यालले युवालाई खेलकुदका क्रियाकलापमा लाग्नुपर्ने बताउनुभयो । खेलकूदले खेलाडीको शारीरिक, मानसिक, बौद्धिक रूपमा चौतर्फी विकासमा महत्त्वपुण भुमिका निर्वाह गरिरहेकोले युवालाई खेलकूदमा प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलाडी देशका गहना हुन् भन्दै आफ्नो गाउँठाँउ, जिल्ला, देशलाई अन्तरास्ट्रिय स्तरमा खेलकूदका माध्यमबाट आफ्नो र देशको उच्च नाम र गरिमा बढाउन सक्ने अर्यालले जानकारी दिनुभयो ।

हृदयनगर र गणेशपुर टीम वीच सोमबार भएको खेलमा गणेशपुर विजयी भएको शिवम युवा क्लबका अध्यक्ष सुनिल पााण्डेले जानकारी दिनुभयो । क्रिकेट टुर्नामेन्ट खेल प्रतियोगितामा प्रथम हुने विजेतालाई ११ हजार नगद र प्रमाण पत्र र दोस्रो हुने समुहलाई ५ हजार नगद र प्रमाण पत्र प्रदान बीके चौधरी बताउनुभयो । क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा ९ वटा टीमले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१