जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको राहत सामग्री नेपाल सरकारको राहत संकलन केन्द्र, शहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल, काठमाडौंमा हस्तान्तरण गरिएको छ। राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका पदाधिकारीहरूको रोहबरमा नेपाल सरकारको राहत संकलन केन्द्रलाई हस्तान्तरण गरिएको हो।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा रास्वपा मधेश प्रदेशका सभापति तपेश्वर यादव, प्रदेश महामन्त्री मनिष साह, प्रदेश सचिवालय सदस्य डा. जयप्रकाश महतो, प्रदेश RAT विभागका उपप्रमुख आशिष साह, प्रदेश संगठन विभागका सचिव सोहन झा, प्रदेश मानव अधिकार प्रमुख डा. रविन यादव, मधेश प्रदेश काठमाडौं सम्पर्क विभाग प्रमुख डा. मनोज रजक, मधेश प्रदेश कृषि विभाग प्रमुख जयकरण महतो, महोत्तरी जिल्ला सभापति शुभम यादव, काठमाडौं धनुषा सम्पर्क विभाग प्रमुख प्रभु चौधरी, जनकपुरधाम उपमहानगरपालिका सभापति ललन कुमार नायक, सहसचिव रवि मुरारका लगायत पार्टीका विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। मधेश प्रदेशका विभिन्न स्थानबाट नागरिक तथा स्थानीय तहको सहयोगमा संकलन गरिएको राहत सामग्री सम्बन्धित स्थानमा आवश्यकताअनुसार प्रयोग हुने गरी सरकारलाई हस्तान्तरण गरिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic