Siraha Times
ताजा समाचार

बाढीपीडितका लागि लहान नगरपालिकाले ११ लाख सहयोग

  • भदौ ११, २०८३
  • ६५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाइम्स लहान भदौ ११ । चीनको तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा भएको जनधनको क्षतिप्रति लहान नगरपालिकाले दुःख व्यक्त गर्दै बाढीपीडितको उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

लहान नगरपालिकाको कार्यपालिकाको ७३औँ बैठकले नगर प्रमुख महेश प्रसाद चौधरीको एक महिनाको पारिश्रमिक तथा नगरपालिकाका अन्य सम्पूर्ण पदाधिकारी, कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीको एक दिन बराबरको तलबसमेत गरी जम्मा रु. ११ लाख प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख चौधरीले बाढीबाट प्रभावित परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै नगरपालिकाले गर्न लागेको सहयोगबारे जानकारी गराउनुभयो।

उहाँले विपद्मा परी ज्यान गुमाउने राष्ट्रसेवक तथा नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। चौधरीले विपद् कसैलाई भनेर नआउने भएकाले सम्भावित जोखिमप्रति सचेत रहन आम नागरिकलाई आग्रह गर्नुभयो। साथै, बाढीपीडितको राहत तथा पुनर्स्थापनामा सहयोग गर्न लहान नगरपालिकाअन्तर्गतका राजनीतिक दल, संघ–संस्था, उद्योगी–व्यापारी तथा आम नागरिकलाई समेत आह्वान गर्नुभयो।

नगर प्रमुख चौधरीका अनुसार जिल्लामा बाढीपीडितका लागि स्थानीय तहबाट सहयोग घोषणा गर्ने लहान नगरपालिका पहिलो भएको दाबी गरिएको छ। उहाँले अन्य स्थानीय तहले पनि विपद्का बेला पीडितको सहयोगमा अघि बढ्न आग्रह गर्नुभयो। कार्यपालिकाको बैठकमा बाढीपीडितलाई सहयोग गर्ने विषयसँगै विविध विषय प्रस्तावका रूपमा राखिएको थियो। अन्य विविध विषयमा आगामी बैठकमा छलफल गर्ने गरी बैठक सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१