Siraha Times
ताजा समाचार

अदालतको ताकेता हुँदाहुँदै फरार अभियुक्त अरुण कुशवाहा पक्राउ परेनन्

  • असार २३, २०८३
  • ६२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रन्जित चौरसिया वीरगंज २३ असार । बारा जिल्लाको कलैया उपमहानरपालिका वडा नं. २३ निवासी धर्मराज महतोको छोरा अरुण कुशवाहा सम्मानित पर्सा जिल्ला अदालतको फरार सुचिमा रहेका छन् ।

जिल्ला पर्सा बिन्दवासिनी गाउँपालिका वडा नं. ३ घर भई वीरगंज महानगरपालिका वडा नं. १० अशोकवाटिका बस्ने सुवाश प्रसाद चौरसियाको जाहेरीले नेपाल सरकार वादी रहेको ज्यान मार्ने उद्योग मुद्दामा कुशवाहा फरार अभियुक्तको सुचिमा रहे पनि पर्सा प्रहरीले हालसम्म पक्राउ गर्न नसक्दा उनी गाउँघरमा अझ आतंक नै मच्चाई राखेको स्थानियहरु बताउंदछन् ।

मल खादको कारोबार गर्ने बिवादित व्यवसायीको रुपमा चिनिने अरुण कुशवाहा सहितका समुहले मिति २०८१÷१÷३१ गतेका दिन बिहान करिब ८ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. ११ रानीघाट स्थित पुल देखि दक्षिण तर्फ जाने बाटोमा सुवाश प्रसाद चौरसियालाई घेराहाली शरिरको विभिन्न भागमा हात मुक्काले आक्रमण गर्दै धारिलो हतियारले घाँटीमा ताकी प्रहार गरेका थिए ।

मुद्दा नं. ०८२–c१–०२१८ रहेको ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित अदालतले प्रहरीलाई पटक–पटक पक्राउ गर्न ताकेता गरे पनि हालसम्म अरुण कुशवाहा पक्राउ पर्न नसकेकोमा प्रहरीको भुमिका माथि शंका पैदा भएको पिडित जाहेरवाला सुवाश प्रसाद चौरसियाको आरोप रहेको छ ।

कलैया उपमहानगरपालिका वडा नं. २३ स्थित सञ्चालनमा रहेको श्री कुश कृषि सहकारी संस्थाले नेपाल सरकारबाट कृषकहरुलाई सहुलियत दरमा विक्रीको लागि अनुदानमा खरिद गरी ल्याएको मलखादहरु बढी मुनाफा लिई कालोबजारी गरेको आरोपमा अरुण कुशवाहालाई बारा प्रहरीले २०७९ साल भदौको १३ गतेका दिन पक्राउ गरी हिरासतमा राखेको थियो ।

महागढीमाई नगरपालिका वडा नं. २ बस्ने गगनदेव प्रसाद कुशवाहाको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो । उजुरी पर्नसाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कुशवाहाको गोदामबाट ११८ बोरा डिएपी मल, २९ बोरा युरिया, ६१ बोरा पोटास, खेती शक्ति लेखिएको फस्फेट १ बोरा लगायतका सामानहरु बरामद गरी पहिलो पटक १० दिनको म्याद थमाई थप अनुसन्धान अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१