Siraha Times
ताजा समाचार

सिरहामा नेपाली कांग्रेसको क्रियाशील अन्तरक्रिया सम्पन्न, संगठन सुदृढीकरणमा जोड

  • असार २०, २०८३
  • ५७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, २० असार । नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार लहानमा क्रियाशील अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीच समन्वय बढाउने तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवं लहान नगर प्रमुख महेश चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेल सहभागी भएका थिए। अन्तरक्रियामा प्रतिनिधि सभा सदस्यका लागि सिरहा क्षेत्र नं. १ का पूर्व प्रत्याशी राम सुन्दर चौधरी, नेपाली कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादव, विभिन्न नगर सभापति, वडा सभापति, क्षेत्रीय पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र ठूलो संख्यामा नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पार्टीलाई जनस्तरसम्म अझ सशक्त र प्रभावकारी रूपमा विस्तार गर्न संगठनात्मक एकता, अनुशासन, सक्रियता तथा कार्यकर्ताको भूमिकालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए। साथै बदलिँदो राजनीतिक परिवेशमा जनताका अपेक्षा सम्बोधन गर्न पार्टीलाई समयानुकूल ढंगले अघि बढाउनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो। महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र आन्तरिक लोकतन्त्र, संगठनको सुदृढीकरण तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउन सबै तहका नेता–कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

उनले कांग्रेसलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित गर्न एकता, इमान्दारिता र निरन्तर जनसम्पर्क आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचन, संगठन विस्तार, सदस्यता व्यवस्थापन, प्रशिक्षण, जनसम्पर्क अभियान तथा स्थानीय तहसम्म पार्टी गतिविधिलाई प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा राखेका थिए। आयोजकका अनुसार अन्तरक्रिया कार्यक्रमले क्षेत्र नं. १ भित्र पार्टी संगठनलाई थप गतिशील बनाउने, कार्यकर्ताबीच समन्वय अभिवृद्धि गर्ने तथा आगामी राजनीतिक रणनीति तय गर्न सकारात्मक आधार तयार गरेको विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१