Siraha Times
ताजा समाचार

शिक्षामा लगानी, उज्ज्वल भविष्यको आधार

  • असार १८, २०८३
  • ६२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका १५० भन्दा बढी विद्यार्थीलाई सम्मान गर्दै शैक्षिक प्रोत्साहन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थीहरूलाई सम्मानपत्र, शैक्षिक सामग्री तथा विद्यालय ब्याग वितरण गरिएको थियो। नगर प्रमुख महेश चौधरी, उपप्रमुख रामाचलितर महतो, वडा जनप्रतिनिधि, कर्मचारी, अभिभावक तथा स्थानीयको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीको मेहनत र उपलब्धिको उच्च मूल्याङ्कन गरिएको थियो।

वक्ताहरूले विद्यार्थीलाई सम्मान गर्नु भनेको गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्नुका साथै उनीहरूलाई थप अध्ययन, अनुशासन र उत्कृष्टताका लागि प्रेरित गर्नु भएको बताए। सहभागी विद्यार्थीहरूले पनि यस्तो सम्मानले आगामी शैक्षिक यात्रामा अझ राम्रो गर्ने उत्साह र आत्मविश्वास बढेको प्रतिक्रिया दिएका थिए। लहान–२३ को यो पहललाई शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिने तथा अन्य स्थानीय तहका लागि समेत अनुकरणीय अभियानका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१