ताजा समाचार

शिक्षामा लगानी, उज्ज्वल भविष्यको आधार

  • असार १८, २०८३
  • ७३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका १५० भन्दा बढी विद्यार्थीलाई सम्मान गर्दै शैक्षिक प्रोत्साहन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थीहरूलाई सम्मानपत्र, शैक्षिक सामग्री तथा विद्यालय ब्याग वितरण गरिएको थियो। नगर प्रमुख महेश चौधरी, उपप्रमुख रामाचलितर महतो, वडा जनप्रतिनिधि, कर्मचारी, अभिभावक तथा स्थानीयको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीको मेहनत र उपलब्धिको उच्च मूल्याङ्कन गरिएको थियो।

वक्ताहरूले विद्यार्थीलाई सम्मान गर्नु भनेको गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्नुका साथै उनीहरूलाई थप अध्ययन, अनुशासन र उत्कृष्टताका लागि प्रेरित गर्नु भएको बताए। सहभागी विद्यार्थीहरूले पनि यस्तो सम्मानले आगामी शैक्षिक यात्रामा अझ राम्रो गर्ने उत्साह र आत्मविश्वास बढेको प्रतिक्रिया दिएका थिए। लहान–२३ को यो पहललाई शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिने तथा अन्य स्थानीय तहका लागि समेत अनुकरणीय अभियानका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤