Siraha Times
ताजा समाचार

खडक नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम–२०८३ सम्पन्न

  • असार १८, २०८३
  • ३५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। नगरपालिकाभित्रका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाउनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित गर्दै भविष्यमा पनि यस उपलब्धिलाई निरन्तर कायम राख्ने प्रतिबद्धतासहित कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नगर प्रमुख जयप्रकाश चौधरीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति सप्तरीका सभापति तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष शिव नारायण साह सहभागी हुनुभएको थियो।

त्यसैगरी नगर उपप्रमुख रिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतीश यादव, जिल्ला खोप सुपरभाइजर हिरेन्द्र साह, नगर स्वास्थ्य शाखा प्रमुख जीव नारायण चौधरी, वडा नं. १० का अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, हेड नेपालका प्रदीप यादव, सामाजिक विकास शाखा प्रमुख जाकिर हुसेन, महिला तथा बालबालिका शाखा प्रमुख सुशीला चौधरी, नगरका ११ वटै वडाका स्वास्थ्य प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख सुशीला चौधरी, वडा नं. १० का अध्यक्ष राजेन्द्र प्रसाद चौधरी तथा नगर स्वास्थ्य शाखा प्रमुख जीव नारायण चौधरीले मन्तव्य राख्नुभएको थियो। स्वास्थ्य शाखा प्रमुख चौधरीले नगरपालिकाको पूर्ण खोप सुनिश्चितता सम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खोप केन्द्रहरूलाई अझ व्यवस्थित, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिव नारायण साहले खोप कार्यक्रमले बालबालिकालाई विभिन्न सरुवा रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस उपलब्धिलाई दिगो बनाउन स्थानीय सरकार, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो।

अध्यक्षीय मन्तव्यका क्रममा नगर प्रमुख जयप्रकाश चौधरीले पूर्ण खोप सुनिश्चितता घोषणा केवल औपचारिकता नभई नगरवासीको स्वास्थ्य सुरक्षाप्रतिको साझा प्रतिबद्धताको प्रतीक भएको बताउनुभयो। उहाँले नगरपालिकाले आगामी दिनमा पनि खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने, सबै खोप केन्द्रको सेवा सुधार गर्ने तथा स्वास्थ्य क्षेत्रमा आवश्यक स्रोत–साधनको व्यवस्थापनमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो।

नगर प्रमुख चौधरीले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको उच्च प्रशंसा गर्दै हाल उपलब्ध गराइँदै आएको मासिक ५ हजार रुपैयाँ प्रोत्साहन रकमलाई आगामी आर्थिक वर्षदेखि ७ हजार रुपैयाँसम्म पुर्यारउने पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य स्वयंसेविकाहरू नै समुदायस्तरमा जनस्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको मनोबल वृद्धि गर्न नगरपालिका सदैव सकारात्मक रहने बताउनुभयो।

कार्यक्रमका अवसरमा नगरपालिकाका ११ वटै वडाका स्वास्थ्य प्रमुखहरूलाई पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन पुर्यामएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन वडा नं. ४ का स्वास्थ्य प्रमुख फुलगेन चौधरीले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले खडक नगरपालिकाले हासिल गरेको पूर्ण खोप सुनिश्चितताको उपलब्धि स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता भएको उल्लेख गर्दै यसको दिगोपनाका लागि सबै पक्षले निरन्तर सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

विद्यालय बसको दुर्घट ...

ओम प्रकाश यादव लहान, असार १६। सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बसको दुर्घटनामा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१