Siraha Times
ताजा समाचार

भगवानपुरको विकासका लागि बजेट सुनिश्चित गर्न उच्चस्तरीय छलफल

  • जेठ २५, २०८३
  • ७०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २५ जेठ । सिरहाको भगवानपुर गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा विकास योजनाबारे जनकपुरधाममा उच्चस्तरीय छलफल सम्पन्न भएको छ। छलफलमा मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समीर, नेकपा एमाले मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ तथा नेकपा एमाले मधेश प्रदेश अध्यक्ष एवं संघीय सांसद चन्देश्वर मण्डलसँग भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको भेटघाट तथा विकास योजनाबारे विस्तृत संवाद भएको थियो।

भेटका क्रममा भगवानपुर गाउँपालिकामा आगामी आर्थिक वर्षका लागि सञ्चालन गरिने पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य तथा अन्य विकास योजनामा प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजनको विषयमा विशेष छलफल गरिएको सहभागीहरूले बताएका छन्।

छलफलपछि भगवानपुर गाउँपालिकाले आगामी वर्ष पनि प्रदेश सरकार बाट उल्लेखनीय बजेट प्राप्त गर्ने संकेत देखिएको स्थानीय नेताहरूको भनाइ छ। आर्थिक वर्ष २०८२/८३ मा समेत गाउँपालिकाले प्रदेश सरकारबाट विभिन्न विकास आयोजनाका लागि सन्तोषजनक बजेट प्राप्त गरेको थियो।

स्थानीय विकासलाई थप गति दिने उद्देश्यले भएको यस प्रकारको समन्वय र पहलले भगवानपुर गाउँपालिकाका नागरिकमा विकासप्रति आशा र उत्साह बढाएको विश्वास गरिएको छ। आगामी बजेटमार्फत गाउँपालिकामा आवश्यक पूर्वाधार निर्माण तथा जनमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१