Siraha Times
ताजा समाचार

कपिलवस्तुमा पत्रकारहरूका लागि दुई दिने AI तालिम सम्पन्न

  • जेठ २४, २०८३
  • ६२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लालु चौधरी कपिलवस्तु, जेठ २४ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना तथा विजयनगर गाउँपालिकाको सहयोगमा पत्रकारहरूका लागि दुई दिने कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ। जेठ २२ र २३ गते सञ्चालन गरिएको तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो। तालिममा कृत्रिम बुद्धिमत्ताको परिचय, पत्रकारितामा AI को प्रयोग, समाचार संकलन तथा लेखनमा AI का सम्भावना र चुनौती, तथ्य परीक्षण (फ्याक्ट चेकिङ), डिजिटल सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

तालिमको उद्देश्य पत्रकारहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै समाचार सम्प्रेषणलाई थप प्रभावकारी, छिटो र गुणस्तरीय बनाउन सहयोग पुर्‍याउनु रहेको बताइएको छ। सहभागीहरूले AI सम्बन्धी व्यवहारिक अभ्याससमेत गरेका थिए। कार्यक्रमको समापनमा आयोजक तथा सहयोगी संस्थाका प्रतिनिधिहरूले पत्रकारितामा प्रविधिको बढ्दो प्रयोगसँगै पत्रकारहरूलाई नयाँ सीप र ज्ञान आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले पेशागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१